
एजेन्सी—अर्जेन्टियन प्लेमेकर एवं बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी तेस्रो सन्तानका बावु बनेका छन् । तेस्रो सन्तान भएपछि उनी गएराती मालागा विरुद्धको खेलमा अनुपस्थिति देखिए । उनले व्यक्तिगत कारण देखाउँदै अनुपस्थित भएका थिए । उनका यसअघि नै दुई सन्तान छन् ।
गतवर्ष २०१७को अक्टोबरमा मेस्सीको श्रीमती गर्भवती भएको संकेत उनले दिएका थिए । उनले आफनो तेस्रो बच्चाले औंला समातेको फोटो इन्टाग्राममा हालेका छन् । तेस्रो बच्चाको नाम सायरो राखेका छन् । उनले इन्टाग्राममा लेखेका छन—‘लिटिल सायरो वील जोईन ब्रदर्श, थियागो (५ वर्ष),माटेओ(२ वर्ष) ईन दि मेस्सी क्लान ।’
उनको अनुपस्थितिले पनि बार्सिलोनालाई मालागा विरुद्ध जित निकाल्न भने कठिनाई भए । बार्सिलोनाले मालागालाई दुई शून्यले पराजित गर्यो । जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी ११ अंकमा कायम राखेको छ ।
घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको मालागा विरुद्ध बार्सिलोनाको जितमा लुइस स्वारेज र फिलिप कोउन्टिन्होले १–१ गोल गरे । तर, उनको अनुपस्थितीमा पनि बार्सिलोनाले पुछारको क्लब मालागा विरुद्ध खेलको १५ औं मिनेटमा अग्रता बनायो । जोर्डी अलावाको पासमा लुइस स्वारेजले हेड मार्फत गोल गरे । त्यसपछि २८ औं मिनेटमा लिभरपुलबाट यसै सिजन बार्सिलोनामा आवद्ध भएका कोउन्टिन्हाले दोस्रो गोल गरे । दुई खेलले पछि परेको मालागा ३० औं मिनेटमा १० खेलाडीमा सीमित हुदैं खेल टुग्यायो । जितपछि बार्सिलोनाको २८ खेलबाट ७२ अंक छ भने एथ्लेटिको मड्रिडको ६१ अंक रहेको छ । रियल मड्रिड भने एबारलाई पराजित गर्दै लिगमा ५७ अंकसहित तेस्रो स्थानमा छ ।
file pic- agency


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…