
एजेन्सी—आर्सनलका प्लेमेकर मेसुट ओजिलले इंग्लिस प्रिमियर लिग सर्वाधिक गोलको लागि पास (एशिष्ट) दिने खेलाडीको रेकर्ड बनाएका छन् । आईतबार साँझ वाटफोर्ड विरुद्ध आर्सनलले शाखद्रान मुस्ताफीको गोलमा अग्रता लिएको थियो । जुन गोलको अवसर प्रिमियर लिगमा उनको ५० औं सहयोग(एशिष्ट) हो ।
जर्मनीका २९ वर्षिय ओजिलले १४१ औं खेलमै मुस्ताफीलाई प्राप्त त्यो महत्वपूर्ण अवसरले एरिक कान्टोनाको अहिले सम्मकै रेकर्ड ब्रेक हुन पुगेको हो । यसअघि म्यानचेष्टर युनाईटेडका फडवार्ड एरिक कान्टोनाले १४३ खेलमा किर्तिमान बनाएका थिए । गत बिहीबार एसी मिलानमा युरोपा लिग अन्तर्गत भएको खेलमा आर्सनलको २—० को जितमा ओजिलकै पासमा दुवै गोल भएको थियो । मुस्ताफीको गोल जुन खेलको ८ औं मिनेटमा भएको थियो—प्रिमियर लिगमा आर्सनलको लागि १००० औं थियो ।
उनकै पासमा गोल हुदाँ आर्सनलले वाटफोर्डमाथि अग्रता लिदाँ उनले भने सबैभन्दा बढी गोल गर्न पास दिने किर्तिमान बनाउन पुगे । इग्लिस प्रिमियर लिगको सबैखाले डिभिजनमा सर्वाधिक एसिष्ट गर्ने खेलाडीको सूचीमा नाम लेखाए । यद्यपी गोलको अवसर सृजना (४५८ पटक) गरेका थिए । ओजिल सन २०१३ मा इग्ल्याण्ड आएका हुन् । अहिले साढे तीन वर्षको सम्झौता थप गरेका छन् । स्पेनिस जायन्ट रियल मड्रिडबाट उनी आर्सनलको जर्सीमा देखिएका हुन् ।
वाटफोर्डमाथि आर्सनलले ३—० ले जित निकाल्यो । आठौं मिनेटमा मुस्ताफीले ५९ औं मिनेटमा पियरे एमिरेक अबुयामेङ र ७७ औं मिनेटमा हेनरिक माखिर्तायानले गोल गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…