सुपरसिक्स पुग्ने बाटो खोज्दै नेपाल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— बसन्त रेग्मीले पहिलो ओभर बलिङ गर्दै हङकङको पहिलो विकेट लिएका छन् । उनले २१ बल खेल्दै ९ रन जोड्ने क्रममा क्रिष्टिफर कार्टरलाई पवेलियन फर्काए ।

नेपालले टस हारेर बलिङ गर्दै छ । आज दुवैको लक्ष्य सुपरसिक्सको हुने छ । हङकङलाई जितमात्रै पुग्छ तर नेपाललाई जितपनि फराकिलो हुनुपर्छ । नेपाली बलरले निकै किफायति बलिङ गर्नुपर्ने खाँचो छ । सोमपाल कामीले पाँचौ ओभरमा वाईडमा चौका दिए । रन रोक्दै सस्तैमा समेट्नुपर्ने आवश्यकता छ । त्यसले गर्दा फराकिलो जित सम्भव हुने देखिन्छ । हङकङ आठ ओभरमा एक विकेटको क्षतिमा ३५ रन बनाई खेलिरहेको छ ।