सोमपालले लिए बावरको विकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— पेस बलर करण केसीले दशौं ओभरमा दश रन दिएपछि हङकङले २ विकेटको क्षतिमा ५३ रन बनाई खेलिरहेको छ । बावर हायातले दशौं ओभरमा केसीको बलिङमा रन जोड्े । तर उनी सोमपाल कामीको हातबाट आउट भए । उनी २० रनमा आउट हुन पुगे । उनी हङकङका महत्वपूर्ण व्याट्सम्यान हुन् ।

बसन्त रेग्मीले हङकङको पहिलो विकेट लिएका छन् । उनले २१ बल खेल्दै ९ रन जोड्ने क्रममा क्रिष्टिफर कार्टरलाई पवेलियन फर्काए । नेपालका कप्तान पारस खड्काले रन रोक्ने रणनीति बनाईरहेका छन् । सन्दीप लामिछानेले पहिलो ओभरको दोस्रो बलमा निजाकट खानको व्याटबाट चौका निस्कियो । उनले व्यक्तिगत चौथो ओभरमा पहिलो बलमा चौका दिए । दोस्रो बलमा बावर हायातको विकेट लिए ।

नेपालले टस हारेर बलिङ गर्दै छ । आज दुवैको लक्ष्य सुपरसिक्सको हुने छ । हङकङलाई जितमात्रै पुग्छ तर नेपाललाई जितपनि फराकिलो हुनुपर्छ । नेपाली बलरले निकै किफायति बलिङ गर्नुपर्ने खाँचो छ । सोमपाल कामीले पाँचौ ओभरमा वाईडमा चौका दिए । रन रोक्दै सस्तैमा समेट्नुपर्ने आवश्यकता छ । त्यसले गर्दा फराकिलो जित सम्भव हुने देखिन्छ । करण केसी दशौं ओभरमा निकै महंगा बन्न पुगे ।