सन्दीपले लिए दुई विकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—सन्दीप लामिछानेले तेस्रो ओभर बलिङ गर्ने क्रममा केवल एक रन खर्चिएर विकेट लिदैं दवाबमा राखेका हङकङको ससिद वाजिफको विकेट लिन पुगे । उनले दुई विकेट लिए । उनले बाबर हायात आउट भएलगत्तै क्रिजमा छिरेका रथलाई एक रनमै पवेलियनको बाटो देखाए । हङकङले तीन महत्वपूर्ण विकेट गुमाईसकेको छ । बसन्त, सोमपाल र सन्दीप लिए विकेट ।

पेस बलर करण केसीले दशौं ओभरमा दश रन दिएपछि हङकङको रनरेट उकालो लाग्यो । बसन्त रेग्मीले हङकङको पहिलो विकेट लिएका छन् । उनले २१ बल खेल्दै ९ रन जोड्ने क्रममा क्रिष्टिफर कार्टरलाई पवेलियन फर्काए । नेपालका कप्तान पारस खड्काले रन रोक्ने रणनीति बनाईरहेका छन् । सन्दीप लामिछानेले पहिलो ओभरको दोस्रो बलमा निजाकट खानको व्याटबाट चौका निस्कियो ।। उनले व्यक्तिगत चौथो ओभरमा पहिलो बलमा चौका दिए । दोस्रो बलमा बावर हायातको विकेट लिए । हायातले २० रनमा आउट भएका हुन् ।

नेपालले टस हारेर बलिङ गर्दै छ । आज दुवैको लक्ष्य सुपरसिक्सको हुने छ । हङकङलाई जितमात्रै पुग्छ तर नेपाललाई जितपनि फराकिलो हुनुपर्छ । नेपाली बलरले निकै किफायति बलिङ गर्नुपर्ने खाँचो छ । सोमपाल कामीले पाँचौ ओभरमा वाईडमा चौका दिए । रन रोक्दै सस्तैमा समेट्नुपर्ने आवश्यकता छ । त्यसले गर्दा फराकिलो जित सम्भव हुने देखिन्छ । करण केसी दशौं ओभरमा निकै महंगा बन्न पुगे ।