
पोखरा(खेलाडी न्युज)—लेग स्पीनर सन्दीप लामिछानेले दुई विकेट लिएपछि उकालो लाग्दै गएको हङकङको रनरेटलाई मत्थर बनाए । अन्सुमन रथ र शसिद वाजिफको विकेट लिए । दुई विकेट लिने क्रममा उनले १२ रन मात्रै खर्चिए । उनले ६ ओभर बलिङ गर्दै दुई मेडन राखेर २ विकेट लिएका हुन् ।
हङकङ कप्तान बावर हायातको विकेट भने सोमपाल कामीको नाममा लेखियो । उनले २० रन बनाई क्रिजमा जमिरहन खोजेका हायातलाई आउट गरे । पेस बलर करण केसीले दशौं ओभरमा दश रन दिएपछि हङकङको रनरेट उकालो लाग्यो । बसन्त रेग्मीले हङकङको पहिलो विकेट लिएका छन् । उनले २१ बल खेल्दै ९ रन जोड्ने क्रममा क्रिष्टिफर कार्टरलाई पवेलियन फर्काए ।
नेपालले टस हारेर बलिङ गर्दै छ । नेपालका कप्तान पारस खड्काले रन रोक्ने रणनीति बनाईरहेका छन् । स्पीनरलाई पहिलो पाँचओभर भित्रै बलिङको जिम्मेवारी दिएका थिए । आज दुवैको लक्ष्य सुपरसिक्सको हुने छ । हङकङलाई जितमात्रै पुग्छ तर नेपाललाई जितपनि फराकिलो हुनुपर्छ । नेपाली बलरले निकै किफायति बलिङ गर्नुपर्ने खाँचो छ । सोमपाल कामीले पाँचौ ओभरमा वाईडमा चौका दिए । रन रोक्दै सस्तैमा समेट्नुपर्ने आवश्यकता छ । त्यसले गर्दा फराकिलो जित सम्भव हुने देखिन्छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…