
wicket
पोखरा(खेलाडी न्युज)—क्रिजमा लामो समय जमेर हङकङको रन उकासेका निजाकट खानको महत्वपूर्ण विकेट झरेको छ । ललित राजवंशीले उनलाई अर्धशतक पुरा गर्न तीन रन बाँकी हुदाँ ४७ रनमा आउट गरे । कप्तान पारसको हातबाट क्याचआउट भएपनि नेपालले महत्वपूर्ण ६ विकेट लिएको छ । बसन्त रेग्मीले हङकङको सातौ विकेट लिने क्रममा तानविर अफजललाई १० रनमा पवेलियनको बाटो देखाए । अफजलको व्याट्बाट फुत्किएको बल ऐरीको हातमा पुग्यो । क्याचआउटको शिकार भए ।
नेपाली बलरले हङकङको छैटौ विकेट झारिसकेका छन् । मन्दिप सिंहलाई दिपेन्द्रसिंह ऐरीले पहिलो ओभरको बलिङको तेस्रो बलमा विकेट लिए । त्यसअघि उनले ओभरमा आठ रन दिए । लेग स्पीनर सन्दीप लामिछानेले दुई विकेट लिएपछि उकालो लाग्दै गएको हङकङको रनरेटलाई मत्थर बनाए । अन्सुमन रथ र शसिद वाजिफको विकेट लिए । दुई विकेट लिने क्रममा उनले १२ रन मात्रै खर्चिए । उनले ६ ओभर बलिङ गर्दै दुई मेडन राखेर २ विकेट लिएका हुन् ।
हङकङ कप्तान बावर हायातको विकेट भने सोमपाल कामीको नाममा लेखियो । उनले २० रन बनाई क्रिजमा जमिरहन खोजेका हायातलाई आउट गरे । पेस बलर करण केसीले दशौं ओभरमा दश रन दिएपछि हङकङको रनरेट उकालो लाग्यो । बसन्त रेग्मीले हङकङको पहिलो विकेट लिएका छन् । उनले २१ बल खेल्दै ९ रन जोड्ने क्रममा क्रिष्टिफर कार्टरलाई पवेलियन फर्काए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…