
पोखरा(खेलाडी न्युज)—व्याटबाट निस्कने रन रोक्दै हङकङी व्याट्म्यानलाई दबावमा राखेका नेपाली बलरले भने अतिरिक्त रन भने चार व्याट्सम्यानले बनाएको भन्दा धेरै खर्चिएका छन् । छ वाईड, चार बाई र पाँच लेगबाई फाल्दै १५ रन अतिरिक्त थपिदिए । जसले हङकङको रनरेट सकारात्मक बन्न पुग्यो ।
बसन्त रेग्मी र सन्दीप लामिछानेले हङकङको रन रेट रोक्न निकै टेवा पुर्याए । सन्दीपले तीन विकेट लिदाँ २ मेडन राखे । आठ ओभर बलिङ गर्दै १३ रन खर्चिए । रेग्मीले ४ मेडन ओभर फाले । दुवैको इकोनोमी पनि दुई भन्दा कम छ । बसन्तले क्रिष्टोफर कार्टरलाई बोल्ड गरे । दोस्रो विकेट उनले तानविर अफजलको लिएका थिए । सन्दीले अजेज खानलाई ३ रनमा एलबी डब्लुको धरापमा पारे ।
लामिछानेले पनि अन्सु रथ र शसिद वासिफलाई पवेलियनको बाटो देखाए । ४७ रनमा बनाएका निजाकट खानलाई भने ललित राजवंशीले कप्तान पारस खड्कको हातबाट क्याच आउट गरिदिए । क्रिजमा लामो समय जमेर हङकङको रन उकासेका निजाकट खानको महत्वपूर्ण विकेट झरेको छ । ललित राजवंशीले उनलाई अर्धशतक पुरा गर्न तीन रन बाँकी हुदाँ ४७ रनमा आउट गरे । कप्तान पारसको हातबाट क्याचआउट भएपनि नेपालले महत्वपूर्ण ६ विकेट लिएको छ । बसन्त रेग्मीले हङकङको सातौ विकेट लिने क्रममा तानविर अफजललाई १० रनमा पवेलियनको बाटो देखाए । अफजलको व्याट्बाट फुत्किएको बल ऐरीको हातमा पुग्यो । क्याचआउटको शिकार भए । मन्दिप सिंहलाई दिपेन्द्रसिंह ऐरीले पहिलो ओभरको बलिङको तेस्रो बलमा विकेट लिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…