
पोखरा(खेलाडी न्युज)—हङकङले नेपाललाई १५४ रनको चुनौति तेर्साएको छ । सुपर सिक्सको सम्भावानालाई जिवितै राख्न आज नेपालले हङकङले दिएको चुनौतिलाई निकै कम ओभरमा समेट्नुपर्ने खाँचो छ । निकै महंगा बलर बनेका करण केसीले अन्तिम समयमा दुई विकेट लिएपछि हङकङलाई ४८ ओभर २ बलमा १५४ रनमा अलआउट गर्यो् । ३.१८ को रनरेटमा हङकङले १५३ रन बनाउँदा सबैभन्दा बढी निजाकट खान ४७ रनको योगदान दिए । इसहान खानले २५ रनको योगदान दिदाँ बावर हायातले २० रन बनाई पवेलियनको बाटो समाए ।
बसन्त रेग्मी र सन्दीप लामिछानेले हङकङको रन रेट रोक्न निकै टेवा पुर्याए । सन्दीपले तीन विकेट लिदाँ ४ मेडन राखे । दश ओभर बलिङ गर्दै १७ रन खर्चिए । रेग्मीले ४ मेडन ओभर फाले । रेग्मीले १० ओभरमा दुई विकेट लिने क्रममा २४ रन खर्चिएका थिए । बसन्तले क्रिष्टोफर कार्टरलाई बोल्ड गरे । दोस्रो विकेट उनले तानविर अफजलको लिएका थिए । सन्दीले अजेज खानलाई ३ रनमा एलबी डब्लुको धरापमा पारे ।
लामिछानेले पनि अन्सु रथ र शसिद वासिफलाई पवेलियनको बाटो देखाएका थिए । ४७ रनमा बनाएका निजाकट खानलाई भने ललित राजवंशीले कप्तान पारस खड्कको हातबाट क्याच आउट गरिदिए । क्रिजमा लामो समय जमेर हङकङको रन उकासेका निजाकट खानको महत्वपूर्ण विकेट झरेपछि हङकङको रनरेट एकाएक ओरालो लाग्यो । ललित राजवंशीले उनलाई अर्धशतक पुरा गर्न तीन रन बाँकी हुदाँ ४७ रनमा आउट गरे । बसन्त रेग्मीले तानविर अफजललाई १० रनमा पवेलियनको बाटो देखाए । अफजलको व्याट्बाट फुत्किएको बल ऐरीको हातमा पुग्यो । क्याचआउटको शिकार भए ।
मन्दिप सिंहलाई दिपेन्द्रसिंह ऐरीले पहिलो ओभरको बलिङको तेस्रो बलमा विकेट लिए । हङकङ कप्तान बावर हायातको विकेट भने सोमपाल कामीको नाममा लेखियो । उनले २० रन बनाई क्रिजमा जमिरहन खोजेका हायातलाई आउट गरे । पेस बलर करण केसीले दशौं ओभरमा दश रन दिएपछि हङकङको रनरेट उकालो लाग्यो । नेपालले केही बेरमा लक्ष्य पछ्याउन क्रिजमा उत्रिदैं छ । टनेपालका कप्तान पारस खड्काले रन रोक्ने रणनीति बनाईरहेका छन् । स्पीनरलाई पहिलो पाँचओभर भित्रै बलिङको जिम्मेवारी दिएका थिए । आज दुवैको लक्ष्य सुपरसिक्सको हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…