
बुटवल(खेलाडी न्युज)—फ्रेण्ड्स क्लबको चुनौतिलाई टाइब्रेकरमा पन्छाउँदै रुस्लान थ्री स्टारले २० औं सस्करणको तिलोत्तमा गोल्डकपको सेमिफाईनल यात्रा सोमबार सुनिश्चित गरेको छ । टाइब्रेकरमा फ्रेण्ड्स क्लबलाई ४—३ गोलले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गर्यो ।
देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको रुस्लान थ्रिस्टार र फेन्डस क्लव बीचको निक्कै रोमाञ्चक खेल निर्धारित समयसम्म २—२ गोलको बरावरीमा सकिएपछि पेनाल्टी सुटका आधारमा निर्णय गरिएको हो ।
पेनाल्टी सुटमा रुस्लान थ्री स्टारले ४–३ को गोल अन्तरमा फ्रेण्ड्स क्लवलाई पन्छाउँदै सेमी फाईनलको यात्रा पक्का गरेको हो । फ्रेण्ड्स क्लवका कुलदिप कार्की, जगु शेर्पा र वर्षात गुरुङले गोल गरे भने विदेशी खेलाडी सायला र सरोज योन्जनको प्रहारलाई किपरले असफल तुल्याए । उता रुस्लान थ्रिस्टारको तर्फवाट निरज बस्नेत, विजय धिमाल, निराजन खडका, बुद्ध चेमजोङले गोल गरे भने रिजन धिमालको प्रहारलाई गोलकिपरले असफल तुल्याईदिएका थिए ।
खेलको ५ औ मिनेटमा फ्रेण्ड्स क्लवका जोनल ग्लोरेले गोल गरी आफनो अग्रता दिलाएका थिए । उनले सरोज योन्जनको पासलाई जाली चुमाएका हुन । २१ औ मिनेटमा निरज बस्नेतको फ्रिकिकको प्रहारलाई अजय मार्टिनले सुन्दर गोलमा परिणत गर्दै थ्री स्टारलाई बराबरीमा ल्याई पुर्याए । दोस्रो हाफको शुरु भएको ३ मिनेट अर्थात खेलको ४८ मिनेटमा थ्री स्टारका सुसन श्रेष्ठले प्रहार गरेको बल किपरको रिवाउण्समा गोल भएपछि थ्रीस्टारले जित तर्फ उन्मुख भयो । तर ८५ औ मिनेटमा फ्रेण्ड्सका वर्षात गुरुङले कर्नरबाट दिएको पासलाई सायलाले गोलमा परिणत गरेपछि खेल दुई दुई गोलको बरावरीमा ल्याउँदै टुग्याए । खेलमा विजेता टिम थ्रिस्टारका किपर एलन न्यौपाने म्यान अफ दी म्याच घोषित हुदै नगद ११ हजार नगदबाट पुरस्कृत भएका थिए । मंगलवारको अन्तिम क्वाटर फाईनल खेल लक्ष्मी हुन्डाई मनाङ मस्याङी र त्रिभुवन आर्मीका बीच हुने छ ।
फोटो मनोज थापा


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…