
पोखरा(खेलाडी न्युज)—मिडल अर्डर व्याट्सम्यानको प्रभावकारी प्रदर्शनमा नेपालले हङकङसँगको १३ औं भेटमा फेरीएकपटक नजिता आफनो पक्षमा पार्दा विश्वकप क्रिकेट छनोट प्रतियोगितामा प्रत्यक्ष फाईदा भने अफगानिस्तानले लिएको छ । हङकङलाई पाँच विकेटले पराजित गरेको नेपालले अब सातौं स्थानको लागि प्लेअफ खेल्दै एकदिवसीय मान्यताको लागि खेल्ने अवसर पाएको छ । अफगानिस्तान, हङकङ र नेपाल बीच समान एक एक जित भएपनि रनरेटको आधारमा अफगानिस्तान सुपर सिक्समा प्रवेश पाउँदा नेपालले भने अब सातौस्थानको लागि प्लेअफ खेल्ने छ । यसअघि नेपाल र हङकङबीच क्रिकेट इतिहासमा १२ पटक प्रतिस्पर्धा गरिसकेका थिए । ६ पटक नेपालले जित हासिल गरेको थियो भने पाँच पटक हङकङले जितेको छ । एकखेल भने पानीले रद्द हुन पुगेको थियो ।
रोहित कुमार पौडेल र सोमपाल कामीले छैटौं विकेटको लागि ८५ रनको साझेदारी गरेपनि नेपालले ४० ओभर ४ बलमा १५४ रनको लक्ष्य पुरा गर्यो । रोहितले ८६ बल खेल्दै ६ चौकाको सहयोगमा ४८ रन बनाए । उनी दुई रनले मात्रै अर्धशतक पुरा गर्नबाट बन्चित भए । सोमपालले पनि उनलाई साथ दिदैं ३७ रनको नटआउट खेल्ने क्रममा ४० बलमा चार चौका हाने । नेपाल पहिलो विकेटको रुपमा अनिल साहलाई २६ रनमा गुमाएको थियो । ज्ञानेन्द्र मल्ल १२ रनमा पवेलियन फर्किएपछि कप्तान पारस खड्का क्रिजमा उत्रिए । उनी पनि आजको खेलमा खासै उत्साहजनक प्रदर्शन गर्नबाट चुके । खड्का ११ बनाई तानविर अफजलको बलमा बोल्ड भए । दिपेन्द्रसिंह ऐरी १२ र आरिफ शेख २ रनमा आउटभएपनि नेपालको इनिङ रोहित र सोमपालले सम्हाले ।
टस जितेर व्याटिङ गरेको हङकङले नेपाललाई १५४ रनको चुनौति तेर्साएको थियो । सुपर सिक्सको सम्भावानालाई जिवितै राख्न आज नेपालले हङकङले दिएको चुनौतिलाई निकै कम ओभरमा समेट्नुपर्ने खाँचो थियो । तर नेपाल त्यसमा अफसल भएपनि प्लेअफको लागि भने योग्य बन्यो । निकै महंगा बलर बनेका करण केसीले अन्तिम समयमा दुई विकेट लिएपछि हङकङलाई ४८ ओभर २ बलमा १५४ रनमा अलआउट गर्यो् । ३.१६ को रनरेटमा हङकङले १५४ रन बनाउँदा सबैभन्दा बढी निजाकट खान ४७ रनको योगदान दिए । इसहान खानले २५ रनको योगदान दिदाँ बावर हायातले २० रन बनाई पवेलियनको बाटो समाए ।
बसन्त रेग्मी र सन्दीप लामिछानेले हङकङको रन रेट रोक्न निकै टेवा पुर्याए । सन्दीपले तीन विकेट लिदाँ ४ मेडन राखे । दश ओभर बलिङ गर्दै १७ रन खर्चिए । रेग्मीले ४ मेडन ओभर फाले । रेग्मीले १० ओभरमा दुई विकेट लिने क्रममा २४ रन खर्चिएका थिए । बसन्तले क्रिष्टोफर कार्टरलाई बोल्ड गरे । दोस्रो विकेट उनले तानविर अफजलको लिएका थिए । सन्दीले अजेज खानलाई ३ रनमा एलबी डब्लुको धरापमा पारे । लामिछानेले पनि अन्सु रथ र शसिद वासिफलाई पवेलियनको बाटो देखाएका थिए । ४७ रनमा बनाएका निजाकट खानलाई भने ललित राजवंशीले कप्तान पारस खड्कको हातबाट क्याच आउट गरिदिए । क्रिजमा लामो समय जमेर हङकङको रन उकासेका निजाकट खानको महत्वपूर्ण विकेट झरेपछि हङकङको रनरेट एकाएक ओरालो लाग्यो । बसन्त रेग्मीले तानविर अफजललाई १० रनमा पवेलियनको बाटो देखाए । अफजलको व्याट्बाट फुत्किएको बल ऐरीको हातमा पुग्यो । क्याचआउटको शिकार भए । मन्दिप सिंहलाई दिपेन्द्रसिंह ऐरीले पहिलो ओभरको बलिङको तेस्रो बलमा विकेट लिए । हङकङ कप्तान बावर हायातको विकेट भने सोमपाल कामीको नाममा लेखियो । उनले २० रन बनाई क्रिजमा जमिरहन खोजेका हायातलाई आउट गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…