
एजेन्सी—म्यानचेष्टर सिटी इग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । अब केवल दुईजितले उपाधि पक्का गर्ने छ । प्रशिक्षक पेप ग्वार्डिओलाको प्रिमियर लिगको उपाधि भने पहिलो हुने छ । सिटीले स्टोकसिटीलाई २—० गोलले पराजित गर्दै अंक तालिकामा १६ अंकको अग्रतालाई निरन्तरता दिएको छ । ८१ अंकसहित उपाधि निकट पुगेको सिटीले अब दुई खेल जितेमा यो सिजनको प्रिमियर लिगको उपाधि आफनो नाममा लेखाउने छ ।
डेविड सिल्भाको दुवै गोलमा स्टोकलाई सिटीले पराजित गर्यो । १० औं मिनेटमा रहिम स्टर्लिङको पासमा सिल्भाले गोल गर्दै सिटीलाई दिलाएको अग्रता ५० औं मिनेटमा दोब्बर बनाउँदै जित सुनिश्चित बनाए । दोस्रो गोल उनले ग्राबियल जेससको पासलाई सदुपयोग गरे । दोस्रो स्थानको म्यानचेष्टर युनाईटेड ३० खेलबाट ६५ अंकसहित दोस्रो स्थानमा छ । अब सिटीले एभर्टन र त्यसपछि म्यानचेष्टर युनाईटेडसँग खेल्ने छ । डर्बी म्याचमै उपाधि जित्ने अवसर सिटीलाई रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…