
पोखरा(खेलाडी न्युज)वर्षदिनपछि साग गेम्स हुदै छ । साग गेम्सका पाँच खेल पोखरामा हुने निक्र्यौल भईसकेको छ । पाँच खेल मध्ये टेनिसको लागि आवश्यक पुर्वाधार निर्माणको लागि राष्ट्रिय खेलकुद परिषदले बोलपत्र आह्वान गरेको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसारको टेसिनको पुर्वाधार बनाउने निर्णय अनुसार राखेपले मंगलबार बोलपत्र आह्वान गरेको हो ।
बोलपत्र अनुसार हार्ड कोर्ट, क्ले कोर्ट, २५० दर्शक क्षमताको प्यारापिट, खेलाडी चेन्जिङ रुम, शौचालयसहितको पुर्वाधार तयार गरिने छ । चेन्जिङ रुम तथा शौचालय भने अपाङ्ग मैत्री हुने छ । २०२८ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्मित हार्डकोर्टबाट शुरु भएको टेनिस, चार दशकपछि अन्तराष्ट्रिय भेन्युको रुपमा विकास भएको छ ।
साग गेम्सको पुर्व तयारीको लागि परिषदले ३ करोड ४५ लाखको बजेटमा ती पुर्वाधार तयार गर्ने लक्ष्य लिदैं बोलपत्र आह्वान गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए । उनका अनुसार अहिले भईरहेका क्ले कोर्टको स्तरोन्नति समेत गरिने छ ।
कास्की जिल्ला लन टेनिस संघको पहलमा पोखरा रंगशालाभित्र पाँच वटा क्ले कोर्टसहित अफिस, तथा शौचालयसहितको पूर्वाधार बनाईसकिएको छ । व्यक्तिगत लगानीमा कोर्ट निर्माण गरिएको छ । पोखरामा केही महिना अघि अन्तराष्ट्रिय टेनिस महासंघको कार्यक्रम(आईटिफ सर्किट १ र २) समेत आयोजना गरिसकिएको छ । त्यसले पनि पोखरामा साग गेम्स अन्तर्गतको टेनिस प्रतियोगिता गर्ने निर्णय भएको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…