
एजेन्सी—चारवर्षपछि पहिलो पटक सेरेना र भेनस विलियम्स टेनिस कोर्टमा उत्रिए । एका अर्काको प्रतिस्पर्धीको रुपमा कोर्टमा उत्रिएका दिदी बहिनीको प्रतिस्पर्धाले टेनिसमा नयाँ माहौल सृजना हुन पुग्यो । क्यालिफोर्नियामा शुरु भउको विएनपी परिबास ओपन टेनिसमा दुई दिदीबहिनीको प्रतिस्पर्धामा बाजी भने दिदीले मारिन् ।
अधिकाश एरर प्वान्ट दिएपछि दिदी सेरेना विलियम्सले भेनसमाथि सोझो सेटले जितिन् । पहिलो सेट ६—३ र दोस्रो सेट ६—४ ले पराजित गर्दै बहिनीमाथि दिदी हावी बनिन् । सन २०१४ को अगष्टमा रोजर्स कपमा सेरेनाले जित निकालेकी थिईन् । सन २००८ को मार्चमा बांगालोरेमा पनि दिदी बहिनीको भेट भएको थियो ।
्सन १९९८ अष्ट्रेलियन ओपनमा सेरेन १७ वर्षकी थिईन १६ वर्षकी बहिनीसँग प्रतिस्पर्धा गरिन् । गत वर्षको अष्ट्रेलियन ओपनमा जतिबेला सेरेना गर्भवती हुँदा २३ औं ग्राण्डस्लामको उपाधि जितेकी थिईन् । बच्चा जन्माएको झण्डै १४ महिनापछि सेरेना टेनिस कोर्टमा फर्किएकी हुन् । बहिनीलाई जित्न उनले डेढ घण्टाको समय लगाईन् । दिदी बहिनीको हेड टु हेड भेटमा१७—१२ को तथ्यांक रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…