
पोखरा(खेलाडी न्युज)—प्रदेशस्तरीय मेयरकप पुरुष भलिबल प्रतियोगिताको लागि प्रदेश नं ४ को टोली इटहरी प्रस्थान गरेको छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघको आयोजनामा सञ्चालित प्रदेशस्तरी मेयरकप भलिबलको लागि १४ सदस्यीय टोली प्रस्थान गरेको हो ।
टोलीलाई पोखरा लेखनाथ महानगरपालिकाका खेलकुद संयोजक रविनसन प्रजुले जर्सी तथा ट्रयाकसुट हस्तान्तरण गर्दैै बिदाई गरिएको थियो । पोखरा लेखनाथ महानगरपालिकाका कानून अधिकृत एवं नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायणप्रसाद शर्माको उपस्थिति थियो ।
खेलाडीहरुमा अमृत केसी क्याप्टेन(स्याङजा), महेश खड्का(स्याङजा), घनश्याम चौधरी(नवलपुर), राम महतो(नवलपुर), सुजन चोखाल(म्याग्दी), अनिल थापा(पर्वत), युवराज भण्डारी(पर्वत), दिपक थापा(स्याङजा), यम क्षत्री(कास्की), पर्वत थापा(बाग्लुङ), राम क्षत्री(गोरखा), गुमानसिंह गुरुङ(लमजुङ) रहेको नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष एवं कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।
टोलीमा टिम प्रशिक्षकको रुपमा रमेश केसी, व्यवस्थापकमा रविनसन प्रजु र सहायक व्यवस्थापकमा राजकुमार गुरुङ रहेका छन् । प्रतियोगिता विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले एकलाख, तेस्रोले ५० हजार र चौथो एवं सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ठ खेलाडीले १० हजार र विभिन्न विधाका उत्कृष्ठ खेलाडीले भने जनही ५—५ हजार रुपैयाँ प्रदान गरिने भलिबल संघका उपाध्यक्ष गुरुङले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…