
बुटवल(खेलाडी न्युज)—दशजनामा खेल टुग्याएको मनाङ मस्र्याङदीले नेपाल आर्मीमाथि रवाफिलो जित निकाल्दै तिलोत्तमा गोल्डकपको अन्तिम चारको स्थान पक्का गर्यो । डोना थापालाई झण्डै आधा घण्टा अघि गुुमाएको मनाङ मस्र्याङ्दीले आर्मीमाथि ३—० गोलले पराजित गर्दै मोफसलका अन्य ठाँउमा पराजित भएको पीडालाई भुल्यो ।
आठौं उपाधिको लागि २० औं तिलोत्तमा गोल्डकप पुगेको आर्मीलाई भने मनाङमस्र्याङ्दीले रोकेको छ । मंगलबार भएको अन्तिम क्र्वाटरफाईनलमा मनाङले आर्मीलाई ३—० गोलले अन्तरले पन्छाउँदै अन्तिम चारको स्थान सुरक्षित गर्यो । मनाङको डोना थापा ले खेलको ३५ औ र ६७ मिनेटमा पहेलो कार्ड पाएसंगै रातो कार्ड पाएर बाहिरिएपछि मनाङले निर्धारित समय दशजनामै टुग्यायो । थापाले आर्मीका खेलाडीलाइ मुक्का हाने पछि रेफ्रीले रातो कार्ड दिएका हुन ।
मनाङका तर्फवाट खेलको ४१ औ र ८३ औ मिनेटमा विशाल राईले गोल गरे भने ईन्जुरी समयमा विदेशी खेलाडी भिक्टरले गोल गर्दै जित सुनिश्चित बनाए । राईले पहिलो गोल डोना थापाको कर्नर पासलाई सदुपयोग गरेका थिए । तर उनी दोस्रो हाफमा मैदान बाहिरिएपछि दबाव महशुस गरेको मनाङका लागि व्यक्तिगत दोस्रो गोल एक्लैले सम्भव बनाए । जित संगै मनाङले चैत्र १ गते रुस्लान थ्री स्टारसंग सेमीफाईलन खेल्ने छ ।
सोमवार झापा गोल्ड कप जितेको आर्मीले बुटवलमा सोचे अनुसारको खेल प्रर्दशन गर्न भने सकेन । देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलको ५ औ १९ औ ३५ औ र ४४ औ मिनेटमा पाएको अवसरलाई आर्मीका खेलाडीले सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनुको विकल्प भएन् । मनाङका विशाल राई म्यान अफ दी म्याच घोषित हुदै नगद ११ हजार नगदबाट पुरस्कृत भएका थिए । बुधवारको पहिलो सेमिफाईनल खेल आयोजक लाली रुपन्देही ११ र नेपाल पुलिसका विच हुनेछ । फोटो मनोज थापा


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…