
एजेन्सी—पहिलो लेग बराबरी खेलेको म्यानचेष्टर युनाईटेड दोस्रो लेगमा अप्रत्याहित हार व्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक जोसे मोरिन्होको छवि अध्याँरोमा धलेकेलिएको छ । आईएम दिन बेष्ट भन्दै आएका प्रशिक्षक मोरिन्हो जब सेभिल्लासितको दोस्रो लेगमा २—१ गोलमा पराजित हुदैं च्याम्पियन्स लिगबाट बाहिरिएपछि यो सिजन उपाधि विहीनको अवस्थामा पुगेको छ ।
प्रिमियर लिगमा १६ अंकले पछि परेको युनाईटेडले च्याम्पियन्स लिगको फाईनल खेल्ने सपनालाई बुधबार बिहान सेभिल्लाले समाप्ता पारिदियो । आफनै मैदान वल्ड ट्राफोर्डमा समेत युनाईटेड निकै कमजोर बन्यो । पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको युनाईटेडले दुईमिनेटभित्र दुई गोल खाँदै लिगबाट बाहिरियो ।
मैदानमा बैकल्पिक खेलाडी नायक बने । सेभिल्लाका ७४ औं मिनेटमा मैदान छिरेका बेन इदरले पहिलो गोल गर्दै दिलाएको अग्रतामाम उनले चार मिनेटपछि ७८ औं मिनेटमा पुन उनले व्यक्तिगत दोस्रो गोल गरे । संयोग नै मान्नुपर्छ, इदर मैदान छिरेको चार मिनेटमा पहिलो गोल हिर्काएका थिए । ८४ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाईटेडलाई खेलमा फर्काउने कोशिस गरे । तर उनको प्रयास त्यतिमै सीमित रह्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…