
एजेन्सी—इटालियन क्लब एएस रोमाले च्याम्पियन्स लिगको क्र्वांटरफाईनलको यात्रा तय गर्न अवे गोल पर्याप्त बन्यो । अवे खेलमा २—१ ले पराजित हुदैं दोस्रो खेल घरेलु मैदानमा १—० को जित निकाल्दै अन्तिम आठको स्थान सुरक्षित बनाउन इडेन जेको भूमिका महत्वपूर्ण रह्यो । उनकै गोलमा घरेलु मै सख्तर डोनेस्कोलाई कठिन रुपमा पराजित गरेको थियो । समग्रमा २—२ को स्थितिमा रहेपनि रोमालाई दशवर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाईनल भने अवे गोलले अन्तिम आठको बाटो देखायो ।
सन २००८ मा रोमा च्याम्पियन्स लिगको क्र्वाटरफाईनल खेलेको थियो । दशवर्षपछि उसले पुरानै लयलाई दोहोर्याउँदै अन्तिम आठमा पुर्याउँदा जेको नायक बने । खेलको ५२ औं मिनेटमा जेकोले गरेको गोल निर्णायक हुदाँ रोमाले च्याम्पियन्स लिगको यात्रा तय गर्दा इटालियन दर्शकको हुटिङले रंगशाला गुन्जयमान भएको थियो । केभिन स्टुर्टम्यानले दिएको थ्रो बललाई कलेक्ट गर्दै जेकोले दायाँ खुट्टाले हानेके बल पोष्टको दायाँकुनाबाट भित्र छिरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…