
पोखरा(खेलाडी न्युज)—पोखरामा ट्रायथोलनको लागि आवश्यक पुर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले बजेट विनियोजन गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ पुम्दीभुम्दीको बगर भन्ने स्थानमा ट्रायथोलनको पुर्वाधार निर्माण गर्न जिल्ला खेलकुद विकास समिति अन्तर्गत बुधबार मात्रै बजेट विनियोजन भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
‘परिषदले ट्रायथोलन भेन्युको लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।’ कार्यालय प्रमुख बरालले खेलाडी न्युज टडकमसँग भने—‘नेपाल सरकारको नाममा रहेको पर्तीजग्गामा आवश्यक पुर्वाधार निर्माण शुरु गरिने छ ।’ उक्त भेन्युलाई दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रशिक्षण तथा प्रतियोगिता आयोजनास्थलको रुपमा विकास गरिने नेपाल ट्रायथोलन संघ कास्कीका सचिव समेत रहेका बरालले बताए । दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रतियोगिता समेत पोखरामा आयोजना गरिसकिएको छ । पुम्दीभुम्दीमा खास गरी प्रशिक्षणमा आउने खेलाडी बस्ने आभाषसहितको भौतिक पुर्वाधार तयार गरिने उनको भनाई थियो ।
फेवातालसँगै जोडिएको उक्त ठाँउमा ट्रायथोलन गर्न सहज हुने छ । प्राकृतिक सुन्दरताले समेत भरिएको उक्त ठाँउबाट पुम्दीभुम्दीकोट, विश्वशान्ति स्तुपा, उत्तर तर्फ फेवातालसँगै हिमाली दृष्य तथा दक्षिण तर्फ मट्टिखानको रमणीय दृष्य देखिन्छ । अप्रिलको अन्तिममा पोखरामा छैटौं साउथ एशियन तथा आठौं राष्ट्रिय ट्रायथोलन प्रतियोगिता हुने संघले जनाएको छ । पोखराको फेवातालमा चारपटक र बेगनासतालमा एक पटक ट्रायथोलन प्रतियोगिता आयोजना गरिएको छ । स्टाण्डर्ड र स्प्रिन्ट दुई विधामा ट्रायथोलन प्रतियोगिता गरिन्छ । स्प्रिन्ट विधामा ७५०मिटर स्वीमिङ, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर रनिङ हुन्छ । स्टाण्र्डड तर्फ १५ सय मिटर स्वीमिङ, ४० किलोमिटर साईक्लिङ र १० किलोमिटर दौड(रनिङ) हुने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…