
पोखरा(खेलाडी न्युज)—राष्ट्रिय खेलकुद परिषदले पोखराका चारवटा खेल पुर्वाधारको लागि बजेट विनियोजन गरेको छ । परिषदले लामाचौर खेलमैदानको लागि ४० लाख रुपैयाँ छुट्टाएको छ । पामे र मालेपाटनमा निर्माणाधिन भलिबल कोर्टको लागि ३० लाख रुपैयाँ र पोखरा रंगशालाभित्र निर्माणाधिन व्याडमिन्टन हललाई भने परिषदले ५० लाख रुपैयाँ विनियोजन गरेको जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजको सक्रियतामा सेतीनदी किनारको गोस्ते घाटलाई फुटबल मैदानको रुपमा विकास गरिएकोछ । जुन खेलमैदानमा पोखराकै नमूना मैदानको रुपमा रहेको छ । खेलमैदानको लागि राष्ट्रिय खेलकुद परिषद तथा स्थानीयबासिन्दाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । मैदानसँग आवश्यक पुर्वाधारको लागि डेढ करोड रुपैयाँ खर्च भईसकेको छ । मैदान वरिपरी वर्षायामको पानीको निकास गर्न ड्रेन, मैदानको पुर्व र पच्चिम तर्फ तारजाली लगाईएको छ । मैदानको उत्तर तर्फ ७५ मिटर लम्बाईको चारस्टेप सिमेन्ट जोडाईको प्यारापिट निर्माण गरिएको लामाचौर खेल मैदान निर्माण समितिका सचिव एवं नवआदर्श सामुदायीक विकास समाजका पुर्व अध्यक्ष बुद्धिबहादुर खत्रीक्षत्रीले जानकारी दिए ।
पोखरा रंगशालाभित्र निर्माण भईरहेको अन्तराष्ट्रियस्तरको व्याडमिन्टन कोर्टलाई समेत आवश्यक बजेट विनियोजन भएको छ । चार कोर्टसहित अफिस, शौचालय, चमेनागृह तथा चेन्जिङ रुम निर्माणकार्य अगाडि बढेको छ । कास्की जिल्ला व्याडमिन्टन संघ तथा परिषदको आधा आधा लगानीमा निर्माण कार्य अघि बढाईएको हो । साढे तीन करोड रुपैयामा निर्माण पुरा गर्ने लक्ष्य जिल्ला व्याडमिन्टन संघ कास्कीले लिएको छ । अभियान युवा क्लबले पनि मालेपाटनमा भलिबल कोर्ट निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…