
इहटरी(खेलाडी न्युज)—इटहरीमा आयोजित प्रथम इटहरी मेयरकप राष्ट्रिय पुरुष प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रदेश नं ४ ले प्रदेश नं २ लाई सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ । सोझो सेटमा पराजित गर्ने क्रममा प्रदेश नं ४ ले २५—११, २५—११, २५—१२ को सेटले पन्छाउँदै सुखद शुरुवात गरेको हो । त्यसैगरी प्रदेश न. ५ ले प्रदेश ६ लाई २५—२०, २५—१८ र २५—१५ को सेटले पन्छाएको छ ।
त्यसैगरी अर्को खेलमा प्रदेश १ ले प्रदेश ३ लाई २५—२०, २५—१५, २५—२३ को सेटले पराजित गरेको छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघको आयोजनामा सञ्चालित प्रदेशस्तरी मेयरकप भलिबलको बुधबारदेखि शुरु भएको हो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उदघाटन गरेका थिए । पोखरा लेखनाथमहानगरपालिकाको टोलीमा अमृत केसी क्याप्टेन स्याङजा, महेश खड्का स्याङजा, घनश्याम चौधरी नवलपुर, राम महतो नवलपुर, सुजन चोखाल म्याग्दी, अनिल थापा पर्वत, युवराज भण्डारी पर्वत, दिपक थापा स्याङजा, यम क्षत्री कास्की, पर्वत थापा बाग्लुङ, राम क्षत्री गोरखा, गुमानसिंह गुरुङ लमजुङ छन् । टोलीमा टिम प्रशिक्षकको रुपमा रमेश केसी, सहायक व्यवस्थापकमा राजकुमार गुरुङ रहेका छन ।
पुर्वाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष एवं नेपाल भलिबल संघका केन्द्रीय सदस्य विश्व धिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, इटहरी उपमहानगरपालिकाका मेयर हरिलाल चौधरी, नेपाल भलिबल संघका केन्द्रीय सदस्यहरु राजकुमार गुरुङ, सोमबहादुर श्रेष्ठ(मंगल), श्रीराम बोगटी, जितेन्द्रबहादुर श्रेष्ठ, मदिन खड्का लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले एकलाख, तेस्रोले ५० हजार र चौथो एवं सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ठ खेलाडीले १० हजार र विभिन्न विधाका उत्कृष्ठ खेलाडीले भने जनही ५—५ हजार रुपैयाँ प्रदान गरिने भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…