
बुटवल(खेलाडी न्युज)—सिजनको दोस्रो उपाधि उचाल्ने दाउमा रहेको नेपाल पुलिस क्लबको भाग्य बुधबार सडन डेथमा लेखियो । आयोजक लाली ११ रुपन्देहीलाई सडन डेथमा ४—३ ले पन्छाउँदै २० औं तिलोत्तमा गोल्डकपको फाईनलमा प्रवेश गर्यो ।
निर्धारित समय गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटमा पुग्यो । पाँच पाँच पेनाल्टीमा दुवै तर्फबाट ३—३ गोलमा टुंगियो । निर्णय नभएपछि सडन डेथमा पेनाल्टी प्रहार गरियो । सडन डेथमा पुलिसका रिजन सुब्बाको प्रहार गोलमा परिणत हुदाँ लाली ११ रुपन्देहीका कर्ण लिम्बुको प्रहार गुमेपछि आयोजकले फाईनल खेल्ने सपनालाई एन्फा कप्लेक्सको मैदानमा डेथ हुन पुग्यो ।
पेनाल्टी सुटमा पुलिसका सुमन लामा, निरकुमार राई, भोला सिलवालले गोल गरेका थिए भने दिनेश राजबंशी र अजित भण्डारीको प्रहारलाई रुपन्देहीका किप्पर सोजित गुरुङले असफल तुल्याई आयोजकलाई जितको लागि थप हौसला थपिरहे । उता लाली ११ का मनिस घले, चिनिङ गुरुङ, निशान लिम्बुको प्रहार गोल भएको थियो । अशोक थापा र विश्व अधिकारीको गोललाई पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गर्दै पुलिसलाई फाईनलको यात्रा तय गराउने निधो गरे ।
सडन डेथमा आयोजक रुपन्देही ११ का कर्ण लिम्बुले गरेको प्रहारलाई पुलिसका किपरले बचाउ गर्दै बाहिरिने संकेत देखाए । पुलिसका रिजन सुब्बाले गरेको प्रहारले जाली चुमाएपछि आयोजकले सेमिफाईनलसम्मको समीकरण पुरा गर्द बाहिरियो । नेपाल पुलिस क्लबले उपाधिको लागि बिहीबार हुने लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र रुस्लान थ्री स्टार बीच सित खेल्ने छ । नेपाल पुलिस क्लवका गोलकिपर रोशन खड्का म्यानअफ् द म्याच घोषित हुँदै ११ हजार १११ रुपैंयाँनगद पुरस्कार प्राप्त गरेका छन् ।
घरेलु मैदानमाभएको खेलमा दर्शकको मायाँ पाएको आयोजक लाली ११ का खेलाडीले १० औं, ३७औं, ६६ औं, ७१ औं मिनेटमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा दर्शक निराश भए । जितका लागि पर्याप्त अवसर गुमाएको आयोजकले दर्शकको निराशालाई आशामा बदल्नभने सकेन । त्यस्तै पहिलो हाफमा विपक्षिको दवावमा रहेको पुलिसले दोस्रो हाफमाआयोजकको दवाव चिर्दै बललाई आफ्नो पोल्टामा राखेपनि गोल गर्न भने सकेन र अन्तत खेल पेनाल्टी हुदैं सडन डेथमा पुग्यो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…