
एजेन्सी—चेल्सीलाई पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गर्दा लिओनेल मेस्सीले भने सयौं गोलको किर्तिमानी बनाएका छन् । च्याम्पियन्स लिगमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो पछि सय गोलको आँकडा पार गर्ने दोस्रो खेलाडी बने । तर मेस्सीले रोनाल्डोको भन्दा कम खेल खेल्दै सय गोलको आकडाँ पारे गरेका हुन् ।
घरेलु मैदानमा ३—०ले पराजित गरेको बार्सिलोना समग्रमा ४—१ ले लीड गर्दै क्र्वाटरफाईनल पुग्दा इग्लिस क्बल चेल्सीको सपना बिथोलिन पुग्यो । चेल्सीले आफनै मैदानमा १—१ को बराबरी खेल्नु नै घातक सावित भयो । लियोनेल मेस्सीले फ्रिकिक मार्फत गोल गर्दै पहिलो लेग बराबरीमा टुग्याएका थिए ।
स्पेनिस ला लिगाको उपाधि नजिक रहेको बार्सिलोनाले दोस्रो लेगमा चेल्सीलाई नोउक्याम्पमा उत्कृष्ठ नतिजासँगै पराजित गरेको हो । च्याम्पियन्स लिगमा मेस्सीले सबैभन्दा छिटो गोल गर्ने स्ट्राईकर बन्ने सौभाग्य जुराए । उनले खेलको दुई मिनेट ८ सेकेण्डमा लुईज स्वारेजको पासमा निकै कठिन एङग्लबाट हानेको बल सिधै पोष्टभित्र छिरेको थियो । अर्जेन्टिनी प्लेमेकर मेस्सीको त्यो गोल करियरकै सबैभन्दा छिटो गोल थियो ।
मेस्सीले व्यक्तिगत दोस्रो गोल ६३ औं मिनेटमा सम्भव बनाए । उनको त्यो गोल च्याम्पियन्स लिगको १०० औं गोल पनि थियो । उनले फेरी स्वारेजकै पासलाई सदुपयोग गर्दै गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २० औं मिनेटमा मेस्सीले फ्रिकिकलाई निकै छिटो पास उपलब्ध गराईदिदाँ ओसामाने डिम्बेलेले गोल गर्दै बार्सिलोनालाई फराकिलो नजिता तर्फ उन्मुख गराईसकेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…