
पोखरा(खेलाडी न्युज)—नेपाल क्योकुशिन कराँते डो बज्रको आयोजनमा भोलिदेखि शुरु हुने १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा सहभागि पोखराका खेलाडीलाई आज बिदाई गरिएको छ । प्रतियोगितामा चार पुरुष तथा एक महिला खेलाडीलाई बिदाई गरिएको हो ।
प्रतियोगितामा नेपाल क्योकुशिन बुदोकाई कराँतेका खेलाडीहरु ५५ केजी मुनि तौल समूहमा अजय राई, ६५ केजी तौल मुनिको समूहमा कपिलदेव पंगेनी पुरुष खुल्ला तर्फ गोविन्दा रोक्का र मदन क्षत्री तथा महिला खुल्ला तर्फ पवित्रा चौधरी र फिसियलमा सुष्मी श्रेष्ठको सहभागिता छ । अ पुरुष तर्फ तीन र महिला तर्फ खुल्ला तौलसमूहमा प्रतिस्पर्धा गराईने छ । महिला तथा पुरुष काता समेत प्रतिस्पर्धा हुने छ ।
कास्की जिल्ला खेलकुद विकास समितिका सचिव एवं कार्यालय प्रमुख प्रकाश बरालले खादा लगाई बिदाई गरे । बिदाई समारोहमा क्योकुशिन बुदोकाई कराँतेका पश्चिमाञ्चल क्षेत्रीय प्रशिक्षक एवं जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारको उपस्थितिमा बिदाई गरिएको हो । प्रतियोगिता भोलि चैत २ र ३ गते चल्ने छ । प्रत्येक विधामा विजेता खेलाडीले नगद १० हजार, दोस्रो हुनेले ५ हजार तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ र चौथो हुनेले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…