
पोखरा(खेलाडी न्युज)—नेपालले अहिले पपुवा न्युगिनी विरुद्ध बलिङ गरिरहेको छ । सोमपाल कामीले पपुवा न्युगिनीका कप्तान असाद भालालाई १० रनमा एलबी डब्लुको धरापमा पार्दै दबाव सृजना गरेका छन् । हङकङ विरुद्ध दुई विकेट लिएका करण केसीले चार ओभर बलिङमा १७ रन खचिई सकेका छन् । करणले चौथो ओभर बलिङ गर्ने क्रममा महत्वपुर्ण विकेट टोनी उरेको लिए । उरेलाई २३ बल खेल्ने क्रममा ११ रनममा अनिल साको हातबाट क्याच गराई पवेलियनको बाटो देखाए ।
अन्तराष्ट्रिय क्रिकेटमा दुई दशकको यात्रा गरेको नेपालले आज इतिहास लेख्ने अभियानमा छ । जिते इतिहास लेखिने छ । पराजित भए अर्को अवसर कुर्नुपर्छ । क्रिकेटको विश्वकप छनोटमा सहभाागिता जनाउँदै क्रिकेटमा इँटा थपेको नेपालले अर्को इतिहास लेख्ने मात्रै एक कदम बाँकी छ । जितले नेपाललाई क्रिकेटको एकदिवसीय मान्यता पाउँछ ।
विश्वकप छनोटमा सुपर सिक्समा प्रवेश गर्न असफल भएको नेपालको लागि आज पपुवा न्युगिनीसँगको भेट एकदिवसीय मान्यताको लागि अन्तिम अवसर पनि हो । त्यो अवसरलाई आज नेपाली क्रिकेटरले चुकाउनु हुदैन् । जुन निर्णायक पनि हो । नेपालले आज हरारेस्थित हरारे स्पोर्टस क्लबको मैदानमा खेल्ने छ । नेपालको लागि त्यो मैदान भने विल्कुलै नयाँ हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…