सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको चौथा विकेट गिरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले तेस्रो ओभर बलिङ गर्ने क्रममा उनले सेसे बाउलाई आउट गरे । दोस्रो ओभरमा उनले चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । यो सँगै पपुवा न्युगिनी चार विकेटको क्षतिमा ५८ रनमा खेलिरहेको छ । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर दुईरन मात्रै दिए । पाँच बल डट थियो । ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका व्याट्सम्यानले दुई रन जोडे ।

सोमपाल कामीले पपुवा न्युगिनीका कप्तान असाद भालालाई १० रनमा एलबी डब्लुको धरापमा पार्दै दबाव सृजना गरेका छन् । हङकङ विरुद्ध दुई विकेट लिएका करण केसीले चौथो ओभर बलिङ गर्ने क्रममा महत्वपुर्ण विकेट टोनी उरेको लिए । उरेलाई २३ बल खेल्ने क्रममा ११ रनममा अनिल साको हातबाट क्याच गराई पवेलियनको बाटो देखाएका थिए ।
हेड टु हेडमा पछाडि

नेपाल हेड टु हेडमा पपुवा न्युगिनी भन्दा पछि छ । नेपाल र पपुवा न्युगिनी बीच पहिलो पटक सन २००५ मा मलेसियामा भएको आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को छनोट चरणमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल ७० रनले पराजित हुन पुगेको थियो । त्यस्तै सन २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको थियो । दोस्रो लेगमा पनि नेपाल ३ विकेटले पराजित हुन पुगेको थियो ।