
बुटवल(खेलाडी न्युज)—लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको चुनौतिलाई २—१ ले पन्छाउँदै रुस्लान थ्री स्टार २० औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनल प्रवेश गरेको छ । यो सिजन उपाधि विहीन हुदैं गएको मनाङ मस्र्याङ्दी लिएको अग्रतालाई जोगाउन नसक्दा पराजय स्वीकार्दै वर्षको अन्त्य गर्ने मनस्थितिमा पुगेको हो ।
बुटवल देवीनगरस्थित एन्फा खेल मैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलमा २३ औं मिनेटमा विशाल राईको पासलाई विदेशी खेलाडी फ्लोरेनले गोल गर्दै मनाङलाई फाईनलसम्मको यात्रा तय गराउने आशा देखाए । तर त्यो आशा अर्को मिनेटमा पुगेर बराबरीमा रोकियो । थ्री स्टारका बुद्ध चेम्जोङले एक्लै बल अघि बढाएर गोल गर्दै खेललाई बराबरीमा पु¥याए । पहिलो हाफकै ३८औं मिनेटमा थ्रीस्टारले पाएको फ्रि किकलाई निराजन खड्काले हानेको हेडिङले जाली चुमेपछि थ्री स्टार उपाधि निकट पुगेको हो ।
खेलमा थ्रीस्टारले पाचौं, १७औं, ३२औं, ५०औं र ७१ औं मिनेटमा पाएको अवसरलाई सुदपयोग गर्न सकेन भने मनाङका खेलाडीले १९औं,५१औं,५४औं ७२औं र ७३औं मिनेटमा पाएको अवसरलाई गोलमा परिणत गर्न चुकेका थिए । अब थ्रीस्टारले उपाधिका लागि चैत ३ गते विभागीय टिम नेपाल पुलिसको सामना गर्ने छ । विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैया र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयां नगद पुरस्कार प्राप्त गर्नेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…