
पोखरा(खेलाडी न्युज)— अन्तराष्ट्रिय क्रिकेटमा दुई दशकको यात्रा गरेको नेपालले आज इतिहास लेख्यो । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा वान डे इन्टरनेशनल(ओडिआई)को मान्यता प्राप्त गरेको छ । अन्तराष्ट्रिय क्रिकेटमा दुई दशक लामो यात्रा तय गरेको नेपालले सन २०१८ मा आएर चारवर्षको लागि एकदिवसीय मान्यता प्राप्त गरेको हो । नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले चार वर्षको लागि एकदिवसीय मान्यता प्राप्त गरेको छ । पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको नेपालले सन २०२२ सम्मको लागि एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाएको हो । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ ।
आज पराजित भए अर्को अवसर कुनुपर्ने थियो । क्रिकेटको विश्वकप छनोटमा सहभाागिता जनाउँदै क्रिकेटमा इँटा थपेको नेपालले अर्को इतिहास लेख्ने मात्रै एक कदम पछाडि थियो । नेदरल्याण्डले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता प्राप्त गर्यो । विश्वकप छनोटमा सुपर सिक्समा प्रवेश गर्न असफल भएको नेपालको लागि आज लिस्ट एबाट सातौंस्थानको लागि प्लेअफ खेल्दै पपुवा न्युगिनीसँग खेल्यो । जुन खेल एकदिवसीय मान्यताको लागि अन्तिम अवसर पनि थियो । त्यो अवसरलाई आज नेपाली क्रिकेटरले चुकाएनन् । नेपालले पपुवा न्युगिनीले दिएको ११५ रनको लक्ष्यलाई ४ विकेटको क्षतिमा पुरा गर्दै जित निकालेपनि नेदरल्याण्ड र हङकङ बीचको खेलले पर्ख र हेरको स्थितिमा नेपाल थियो । अन्तराष्ट्रिय क्रिकेटको दुई दशक यात्रामा नेपालको यो सबैभन्दा उच्च प्रदर्शन हो । नेपालले अब नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । नेदरल्याण्ड एकदिवसीय मान्यता पाईसकेको छ ।
क्यानडालाई पराजित गर्दै डिभिजन १ मा उक्लिएको नेपालले विश्वकप छनोटमा एक खेल जित्दै सुपरसिक्सबाट आउट भएको थियो । हङकङलाई विश्वकप छनोटको अन्तिम खेलमा पराजित गर्दै नेपालले इतिहास कोर्ने अवसर पाएको थियो । जुन अवसरलाई पपुवा न्युगिनीमाथि महत्वपूर्ण जित निकाल्दै वान डे इन्टरनेशनल प्राप्त गर्यो । पपुवा न्युगिनी विरुद्ध नेपालका अलराण्डर दिपेन्द्रसिंह ऐरीको महत्वपूर्ण योगदान रह्यो । ऐरीको बलिङ र व्याटिङ राम्रै जमेपछि म्यान अफ दि म्याचको हकदार बने । चार विकेट लिदैं पपुवा न्युगिनी विरुद्ध हावी भएका ऐरीको व्याटबाट ५० रन नटआउट निस्किएपछि महत्वपूर्ण जित हासिल गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…