
पोखरा(खेलाडी न्युज)—च्याम्पियन्स लिगको शीर्ष आठ क्लबको टुंगो लागिसकेको छ । बार्सिलोना, रियल मड्रिड, सेभिल्ला, बार्यन म्युनिख, लिभरपुल, म्यानचेष्टर सिटी, युभेण्ट्स र ईटालियन क्लब एएस रोमाले सेमिफाईनल प्रवेशको लागि भिड्ने पक्का छन् । कसले कोसँग क्र्वाटरफाईनल खेल्ने भन्ने विषयमा खेल तालिका भने कुर्नुपर्छ । च्याम्पियन्स लिगबाट अनपेक्षित रुपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन, इग्लिस क्लब म्यानचेष्टर युनाईटेड बाहिरिसकेका छन् । पोर्टोले पनि बिदाई लिईसकेको छ ।
च्याम्पियन्स लिग विजेताको इतिहास हेर्दा सर्वाधिक १२ पटक रियल मड्रिडले जितेको छ । बार्सिलोना, लिभरपुल र बार्यन म्युनिखले ५—५ पटक च्याम्पियन्स लिग जितेका छन् । युभेण्ट्सले २ र अन्य तीन क्लबले उपाधि विहीन छन् । म्यानचेष्टर सिटी,सेभिल्ला र एएस रोमाले च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने मानसिकतामा छन् ।
सेभिल्ला र एएस रोमा पहिलो उपाधिको खोजीमा छन् । सेभिल्लाले म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै क्वार्टरफाईनल पक्का गरेको थियो । युभेण्ट्सले टोटनह्याम हट्सपरलाई पराजित गर्दै अन्तिम आठमा आएको हो । बार्सिलोनाले चेल्सीलाई, रियल मड्रिडले पिसएजीलाई पराजित गरेर उपाधिको खोजीमा लम्किएका हुन् । लिभरपुलले पोर्टोको चुनौतिलाई पन्छाएको थियो । रियल मड्रिडले उपाधि उचाल्दै इतिहासलाई अझ प्रभावकारी बनाउने लक्ष्यमा छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…