
इटहरी(खेलाडी न्युज)— प्रदेश नं ४ इटहरीमा आयोजित प्रथम प्रदेशस्तरीय मेयरकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । फाईनलमा उपाधिको लागि प्रदेश नं ५ सँग प्रतिस्पर्धा गर्ने छ ।
प्रदेश नं ४ ले सेमिफाईनलमा प्रदेश नं ७ लाई सोझो सेटमा पराजित गर्दै फाईनलद सुरक्षित गर्यो. । हावाहुरीले केहीबेर विथोलिएको खेलमा २५—१३, २५—१६ र २५—२० को सेटले पन्छाउँदै उपाधि निकट पुगेको हो । दोस्रो सेमिफाईनलमा खेल प्रदेश १ लाई प्रदेश ५ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।
लगातार दुई सेट २५—२२, २५—१९ ले लिएको प्रदेश नं ५ ले तेस्रो सेट भने गुमाउन पुग्यो । २२—२५ मा गुमाएको प्रदेश ५ ले चौथो सेटमा फेरी लयमा फर्किदैं २५—१८ ले जित्दै उपाधि भिडन्त पक्का गरेको हो । तेस्रो स्थानको लागि प्रदेश १ ले प्रदेश ७ सगँ प्रतिस्पर्धा गर्ने छ ।
इटहरी उपमहानगरपालिकाको आयोजना तथा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा आयोजित प्रतियोगिता विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले एकलाख, तेस्रोले ५० हजार र चौथो एवं सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ठ खेलाडीले १० हजार र विभिन्न विधाका उत्कृष्ठ खेलाडीले भने जनही ५—५ हजार रुपैयाँ प्रदान गरिने नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…