
पोखरा(खेलाडी न्युज)—निधास ट्रफी त्रिकोणात्मक टी—२० सिरिजमा उपाधिको लागि भारतले बंगलादेशको सामना गर्ने छ । बंगलादेशले श्रीलंकामाथि २ विकेट जित दर्ता गरेपछि फाईनल भिडन्त भारतसित पक्का गरेको हो । बंगलादेश निधास ट्रफीमै दुई पटक पराजित भईसकेको छ ।
श्रीलक तीन व्याट्सम्यानले मात्रै दोहोरो अंकको रन छोए । दुई व्याट्सम्यानले अर्धशतक पारी खेल्दै श्रीलंकाले इनिङ्समा १५९ रन बनायो । सात विकेटको क्षतिमा पेरराले ६१ र एनएलटिसी परेरा(कप्तान)ले ५८ रनको इनिङ खेलेपनि त्यसको औचित्य भने देखिएन् । अन्य व्याट्सम्यानको प्रदर्शन खराब देखियो । मेन्डिसले मात्रै ११ रन जोडे । अन्य व्याट्सम्यान भने सस्तैमा पवेलियन फर्किए । मुस्ताफिजुर रेहमानले २ विकेट लिए ।
१६० रनको लक्ष्य पछ्याएको बंगलादेशले एक बल बाँकी छदाँ आठ विकेटको क्षतिमा पुरा गर्दै फाईनल पक्का गर्यो । तमिम इकबलको अर्धशतकीय योगदानमा जितको लक्ष्य पुरा गर्ने क्रममा महमुदउल्लाहले ४३ रनको योगदान दिए । मुस्ताफिजुर रेहमानले २८ र साविर रेहमानले १३ रनको योगदान गरे । अन्य व्याट्स क्रिजमा टिक्नै सकेनन् । ए धनन्जयले दुई विकेट लिए । श्रीलंकामा भईरहेको टी— २० सिरिजको फाईनल आईतबार हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…