
पोखरा(खेलाडी न्युज)—विश्व क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले अन्तिम खेल्दै छ । हार र जितसँगै नेपाली टोली स्वदेश फर्किने छ । सातौं स्थानको लागि आज नेपालले नेदरल्याण्डसँग खेल्ने छ । पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाएको नेपालले नेदरल्याण्डसँगको भेट भने पाँचौ हो ।
नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको अन्तराष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता प्राप्त गरेको थियो । आजको खेल विशेष गरी प्रतिष्ठाको लागि खेलिने छ । हार जितले केवल प्रतिष्ठालाई इंकित गर्छ तर गुमाउने अवस्था भने रहदैन् । नेदरल्याण्डसले विश्व क्रिकेट लिग मार्फत नै एकदिवसीय मान्यता पाईसकेको थियो । पाँचौ भेटमा नेपालले जितको लागि खेल्ने छ । यसअघि चारपटकको प्रतिस्पर्धामा नेपालले दुई जित र दुई हार व्यहोरेको छ । तथ्यांकले पनि नेपालको स्तर नेदरल्याण्डसँग समान रहेको भन्ने बुझिन्छ ।
नेपाल सन २०१४ मा विश्वकप छनोट प्रतियोगितामा नेदरल्याण्डसँग पराजित भएको थियो । त्यसैगरी डिभिजन २ मा नेपालले नेदरल्याण्डलाई पराजित गरेको थियो । आजको अन्तिम खेलले नेपालको ओपनिङ व्याट्सम्यानको सुधारको अपेक्षा गरिएको छ । अघिल्ला खेलहरुमा देखिएको कमजोरीलाई अन्त्य गर्ने अवसर समेत हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…