
इटहरी(खेलाडी न्युज)— इटहरीमा आयोजित प्र्रथम प्रदेशस्तरीय मेयरकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि प्रदेश नं ४ ले जितेको छ । प्रदेश नं ४ आज भएको फाईनलमा प्रदेश नं ५ लाई २५—१९, २५—२२ र २५—१४ को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
त्यसैगरी तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा प्रदेश न १ ले प्रदेश ७ लाई सोझो सटेमा पराजित गर्दै तेस्रो स्थानमा चिक्त बुझायो । २५—१८, २५—२१ र २५—१९ को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडीबाट प्रदेश नं ४ का अमृत केसी घोषित भए । त्यसैगरी बेष्ट स्पाईकरमा प्रदेश नं ४ का घनश्याम चौधरी, बेष्ट ब्लकरमा याम क्षत्री(प्रदेश ४), बेष्ट सर्भरमा पर्वत अर्मजा मगर, बेष्ट डिफेन्डर दिपक थापा(प्रदेश नं ४) र बेष्ट सेटरको उपाधि भने लोकेन्द्र भण्डारी(प्रदेश नं ५) घोषित भएका छन् ।
इटहरी उपमहानगरपालिकाको आयोजना तथा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा आयोजित प्रतियोगिता विजेता प्रदेश नं ४ को टोलीले नगद २ लाख पुरस्कार पाएको छ । दोस्रो भएको प्रदेश नं ५ ले एकलाख, तेस्रोले ५० हजार र चौथो एवं सान्त्वना भएको टिमले २५ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ठ खेलाडीले १० हजार र विभिन्न विधाका उत्कृष्ठ खेलाडीले भने जनही ५—५ हजार रुपैयाँ प्राप्त गरेको नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । पुरस्कार इटहरी उपमहानगरपालिकाका मेयर हरिलाल चौधरी, पुर्वाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष विश्व धिमाल लगायत विभिन्न व्यक्तित्वले प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…