
पोखरा(खेलाडी न्युज)—नेपालले आठौं स्थानमा रहदैं क्रिकेट विश्वकप छनोट प्रतियोगिता शनिबार टुग्याएको छ । नेदरल्याण्डसँग सातौं स्थानको लागि प्ले अफ खेलेको नेपाल ४५ रनले पराजित हुदैं आठौं स्थानमा रहन पुग्यो । नवौ स्थानमा पपुवा न्युगिनी रहँदा दशौं स्थानमा भने हङकङ रह्यो ।
१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ रन बनाई अलआउट हुन पुग्यो । बनाउँदै नेपालको व्याटिङ पुरानै खराब लयमा देखियो । ओपनरद्वय ज्ञानेन्द्र मल्लको प्रभावकारी व्याटिङ देखिएन् । उनीसँगै अर्का ओपनर अनिल शाहको खेल पनि कमजोर देखियो । फितलो प्रदर्शन दोहोर्याएका मल्ल ४ र शाह ८ रनमै पवेलियन फर्किए । कप्तान पारस खड्काले २२ रन तथा दिपेन्द्र संह ऐरीले २५ रनको योग्दान दिएका थिए ।
आरिफ शेख ५ रन बनाई आउट हुदाँ मध्यक्रमका भरपर्दा मानिएका रोहितकुमार पौडेल भने खातामा रन लेखिन नपाउँदै पवेलिनको बाटो समाए । शक्ति गौचन डक आउट भए भने करण केसीले १३ रनको इनिङ्स खेले । सोमपालले ३६ रन जोड्दै नेपालको स्कोर माथि उकास्ने प्रयास गरे तर विकेट भने नेपालले गुमाईसकेको अवस्था थियो । युवा बलर सन्दिप लामिछानेले पनि अन्त्यमा करियरको सर्वाधिक १४ रनको महत्वपूर्ण योगदान देखियो । नेदरल्यान्ड्सका बलर रोलोफ भान डेर मर्वले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनाउन सफल भएको थियो । नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई तीन ओभरमा तीन विकेट लिएपछि दबावमा खेल्न पुग्यो । १० ओभरमा २४ रन दिंदै उनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दिप लामिछाने र ललित राजवंशीले दुई—दुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए ।
नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याट्सम्यान बास डे लिडले सर्वाधिक ३९ रनको योग्दान दिंदै आफ्नो टोलीलाई सम्मानजनक लक्ष्यसम्म पुर्याएका थिए । त्यसैगरी भान डेर मर्व र स्कट एडवाड्र्सले समान २५ रनको योग्दान दिए । नेपालले पपुवा न्यु गिनीलाई हराएर एकदिवसीय मान्यता पाएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…