
पोखरा(खेलाडी न्यज)— पोलेमनापा वडा नं. १७ मा रहेका सहकारीहरुका बीच आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिता डेभिडफल बचत तथा ऋण सहकारी संस्थाले उपाधि जित्न सफल भएको छ ।
छोरेपाटनमा तिब्बेतियन क्याम्प मैदानमा शनिबार सम्पन्न प्रतिस्पर्धामा आयोजक डेभिडफलले विरौटा बचत तथा क्रण सहकारीलाई ट्राइब्रकेरमा ३–२ ले हराउँदै उपाधी हात पारेको हो । निर्धारित ३५ मिनेटको समय गोल रहित बराबरीमा सकिएपछि खेल टाइबे्रकरमा गएको थियो । विजेता टोली डेभिडफलले नगद ३० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिरौटाले नगद १५ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले नगद ट्रफी तथा पदक प्रदान गरेका थिए । अध्यक्ष गुरुङले सहकारीले पनि फुटबलमा चासो देखाएर उदाहरणीय कार्य गरेको बताए । कार्यक्रमका संयोजक एवं डेभिज फल सहकारीका उपाध्यक्ष पुष्प बरालले सहकारीहरु बिच खेलकुद मार्फत सहकार्य र भाइचाराको सम्बन्ध बिस्तार गर्ने उद्देश्यले खेल आयोजना गरेको बताए ।


पोखरा-फिफा फुटबल फर स्कुलको लागि कास्की जिल्ला फुटबल संघले कास्कीका विभिन्न १५ विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ । फिफाबाट प्राप्त बललाई संघले शुुक्रबार विशेष कार्यक्रम गरी छनोटमा परेका १५ विद्यालयलाई बल हस्तान्तरण गरिएको हो । फिफा फुटबल फर…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…