
पोखरा-यही चैत अन्तिम साता पोखरामा नाईट रन(रात्रीकालिन दौड) आयोजना हुदैं छ । जुन पोखरामा पहिलो पटक आयोजना हुने छ । दौड केबल साढे पाँच किलोमिटरको हुने आयोजकले जनाएको छ ।
रात्रीकालिन दौड आयोजना गरिरहँदा चुनौति बढी रहेको औल्याइएको छ । रात्रीकालिन दौड त्यसमा पनि राती स्वयसेवक व्यवस्थापन, सवारी व्यवस्थापन, कृत्रिम प्रकाश(बत्ती)को व्यवस्थापन लगायतका चुनौति छन् । ती चुनौतिप्रति गम्भीर बन्नुपर्ने सुझाव खेल सघका पदाधिकारीले औंल्याएका छन् ।
पोखरामा नयाँ इभेण्टको रुपमा रहेको रात्रीकालिन दौड आफैंमा चुनौतिपूर्ण रहेको जिकिर उनीहरुको थियो । गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले बत्तीको समस्या, ट्राफिक व्यवस्थापन। स्वंयसेवक परिचालन लगायतका विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदीले उक्त प्रतियोगिताको सुरक्षा चुनौती रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिता पोखरामा पहिलोपटक आयोजना हुन लागेकाले सुरक्षा व्यवस्थापन हुने कमीकमजोरीलाई आयोजकले गम्भीर हुुनुपर्ने बताए । कस्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले प्रतियोगिता साँझको समयमा हुने भएकाले कम प्रकाश भएका स्थानहरूमा पर्याप्त लाइटिङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।
धावकहरूको भिजिबिलिटी सुनिश्चित गर्न विशेष तयारी गर्नुपर्नेमा जोड दिए । कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले दौड मार्गमा रहेका खाल्डाखुल्डी तथा नालाहरूको पुनः अवलोकन गरी आवश्यक मर्मत तथा स्ल्याब राख्न सुझाव दिए । रात्रीकालिन दौडमा तीन इभेण्ट हुने छन् । महिला तथा पुरुष खुल्ला दौड र सोह्रवर्ष मुनिकाका इभेण्ट रहने प्रतियोगिताका संयोजक दिननाथ बरालले जनाए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…