
पोखरा-पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की फिल्टर मेसिन स्थापना गरेको छ । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पानी ट्याङ्कीको अनावरण गरे । अनावरणसँगै करिब १ लाख ५० हजारको लागतमा निर्मित पानी ट्याङ्की जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार पानी फिल्टर मेसिन बहुस्तरीय शुद्धीकरण प्रणालीयुक्त रहेको छ । सेडिमेन्ट फिल्टर, कार्बन फिल्टर र यूभी प्रणाली जडान गरिएको यो मेसिनबाट निस्कने पानी जीवाणुरहित, सुरक्षित र पिउनयोग्य हुनेछ ।
मेसिनबाट तातो र चिसो पानी आउने र फिल्टरले पोखरा रंगशालामा आउने खेलाडी तथा दर्शकहरुलाई स्वच्छ पानी उपलब्ध हुने पनि अध्यक्ष कार्कीको भनाइ छ । अध्यक्ष कार्कीले संघको वार्षिकोत्सवकै अवसर पारेर सो फिल्टर मेसिन रहेकै ठाउँको वरपर व्यक्तिगत लागतमा ५ वटा फलामे बेन्चसमेत प्रदान गरेका छन् ।
फिल्टर मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस्ता सहयोगले खेलकुदको विकासमा सघाउने बताए । खेल क्षेत्रको विकासमा निजी क्षेत्रको सहकार्य आवश्यक भएको पनि उनको भनाइ थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराको जेठो संस्था पोउवा संघको ७२औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताए ।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…