
लेखनाथ-पोखरा रंगशालाको बैकल्पिक रंगशालाको रुपमा हेरिएको लेखनाथ रंगशाला यतिबेला चुनावी एजेण्डा बनेको छ । हरेक वर्ष भौतिक पूर्वाधार तथा मैदान स्तरोन्नति गर्न माग गर्दै आएका छन् । चासो भने कसैले दिएका छैनन् । अहिले चुनावी सरगर्मी बढिरहेकै बेला नेपाली काँग्रेकाका उम्मेदवार तिलक रानाभाटले रंगशाला निर्माण आफनो चुनावी एजेण्डासहित अघि बढेका छन् ।
मैदानको स्तरोन्नति गर्नुपर्ने खाँचो छ । मैदानकै उत्तर तर्फ बहुउदेश्यीय कभर्ड हल आर्थिक अभावमा अलपत्र परेको छ । तर स्थानीय, प्रदेश र संघीय सरकारले पनि कभर्ड हल र मैदान स्तरोन्नति गर्ने तर्फ चासो र सहयोग कसैबाट प्राप्त नभएको गुनासो खेलकुदप्रेमीले गर्दै आएका छन् ।
रंगशाला पोखरा २९ मा पर्छ । चुनावी अभियानमा रानाभाटले वडा नम्बर २९ का विभिन्न टोल तथा आमा समूहहरूमा भेटघाट तथा सुझाव संकलन गर्ने क्रममा लेखनाथ रंगशाला रंगशाला निर्माण गर्न सुझाएका थिए । सुझाव अनुसार नै रानाभाटले विभिन्न युवा क्लब आमा समूह तथा स्थानीय मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उम्मेदवार रानाभाटले लेखनाथ रङ्गशालाको निर्माण पूरा गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको उदघोष गरेका छन्। उनले अत्यन्तै सम्भावना बोकेको लेखनाथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन आफूले चुनाव जिते पश्चात पहिलो प्रस्ताव राष्ट्रिय स्तरको रङ्गशालाको पुरा प्यारपिट सहितको रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता जनाए ।
रंगशालामा आदर्श युवा क्लबले केही महिना अघिमात्रै २६ औं संस्करणको आर्दशकप फुटबल प्रतियोगिता आयोजना गर्यो । प्रतियोगिताले लेखनाथ क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । यद्यपी मैदानको स्तरोन्नतिको खाँचो रहेपनि सहयोग नपाउँदाको पीडा भने क्लबले झेल्दै आएको छ । उम्मेदवार रानभाटको रंगशाला निर्माण आफनो प्रमुख एजेण्डा आएको प्रतिबद्धता जनाउँदा केही आशा भने क्लबसँगै अन्य संघसंस्थाको पलाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…