
एजेन्सी—विश्व टेनिसका शीर्ष बरियताका रोजर फेडेरर बीएनपी परीबस ओपन टेनिस उपाधिको लागि एक कदम बाँकी छ । उनले सेमिफाईनलमा बोर्ना सिरिचलाई तेस्रो सेटमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् । पहिलो सेट टाइब्रेकरमा गुमाएका पछिल्ला दुई सेटमा लयमा फर्किदैं फेडेररले उपाधि पक्का गर्ने अभियानमा पुगेका हुन् । उनले ५—७,६—४, ६—४ को सेटले जित्दै फाईनल पुगेका हुन् । ३६ वर्षिय फेडेरर उत्कृष्ठ लयमा रहदाँ उनले उपाधिको लागि हुवाँ मार्टिन डेल पोर्टोसिँग खेल्ने छन् । मार्टिनले क्यानडाका मिलोस राउनिचलाई ६—२, ६—३ को सेटले पराजित गर्दै फाईनल प्रवेश गरेको थिए ।
यता महिला तर्फको उपाधिको लागि डारिया कासात्किनाले जापानीज खेलाडी नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्ने छिन् । शीर्ष बरियताकी सिमोना हलेपलाई सोझो सेटमा पराजित गर्दै जापानीज खेलाडी ओसाका महिला टेसिनमा उदाईन् । उनले हलेपलाई ६—३, ६—० को सोझोले पन्छाउँदै फाईनल पक्का गरिन् । अर्को खेलमा १४ महिनापछि टेसिन कोर्टमा फर्किएकी सेरेनालाई २० वर्षिय डारियाले ४—६, ६—४, ७—५ को सेटले पन्छाउँदै फाईनल पुगिन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…