
एजेन्सी— पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग १ मा नाईसलाई २—१ गोलले पराजित गरेको छ । आईतबार भएको प्रतिस्पर्धामा डि मारिया र डानी एल्भेसको गोलमा नाईसलाई पराजित गर्दै नेयमारको अनुपस्थितिलाई कमजोर बन्न दिएनन् । नाईसका लागि अलान सेन्ट माक्सिमिनले गोल गरेका थिए ।
एक गोलले पछि परेको खेल उल्ट्याउँदै पिएसजीले खेल आफनो पक्षमा पारे । १७ औं मिनेटमा थ्रो बललाई निकै छिटो चलाउँदै अलासाने प्लेयलाई दिएको पासलाई अलान सेन्ट माक्सिमिनले गोल गर्दै नाईसलाई अग्रता दिलाए । तर अग्रतालाई लामो समय टिक्न भने पिएसजीले दिएन् । डि मारियाले २१ औं मिनेटमा बराबरी गोल गरे । युरीको पासलाई मारियाले गोल गर्दै बराबरीसँगै प्रतिस्पर्धात्मक मोडमा ल्याईपुर्याए ।
खेल सकिने आठ मिनेट बाँकी छदाँ डानी एल्भेसले गोल गर्दै पिएसजीको जित सुनिश्चित बनाए । एड्रिन राविओटले दिएको क्रसपासलाई एल्भेसले गरेको गोल निर्णायक बन्न पुग्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…