
एजेन्सी— स्पेनिस ला लिगा लीडर बार्सिलोनाले आफनो अपराजित यात्रालाई कायमै राख्दै गएराति एथलेटिको बिल्बाओलाई पराजित गरेको छ । बिल्बाओलाई पराजित गर्न लिओनेल मेस्सीले निर्णायाक गोल गरे ।
बार्सिलोनाको अपराजित यात्रा कायमै राख्ने क्रममा पाको अल्कासेरलले ८ औं मिनेटमा गोल गरे । उनले जोर्डी अल्बाको पासलाई सुदपयोग गरेका थिए । लियोनेल मेस्सीले ३० औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित बनाए । मेस्सीले ओसामाने डिम्बेलेलेको पासमा गोल गरे । जितसँगै अंक तालिकामा बार्सिलोनाले ११ अंकको अग्रता बनाएको छ ।
प्रतियोगितामा बार्सिलोना २९ खेलमा अपराजित छ । पछिल्ला २९ खेलमध्ये बार्सिलोनाले २३ मा जीत र ६ वटामा बराबरी गरेको हो । ला लिगामा सन १९७९–८० मा रियल सोसिडाडले ३२ खेल अपराजित रहँदै कीर्तिमान बनाएको थियो । जारी प्रतियोगितामा बार्सिलोनाले ९ खेल खेल्न बाँकी छ । यीमध्ये लगातार ७ खेलमा अपराजित रहे अहिलेसम्मकै धेरै खेलमा अपराजित हुने कीर्तिमान बार्सिलोनाले राख्नेछ ।
अंक तालिकाको दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड भिल्ला रियलसंग २–१ ले पराजित भएको छ । एण्टोनियो ग्रिजम्यानको पेनाल्टी गोल मार्फत एथ्लेटिको मड्रिडले अग्रता लिएपनि भिल्ला रियलले अन्तिम ८ मिनेटमा २ गोल थप्दै जीत हात पारेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…