
एजेन्सी –गएराती चेल्सीले लेष्टर सिटीलाई पराजित गर्न डेढ घण्टाको समय लगायो । निर्धारित ९० मिनेट १—१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धेकेलियो । अतिरिक्त समयमा पेड्रोले निर्णायक गोलमा २—१ अन्तरले जित्दै चेल्सी एफए कपको अन्तिम आठमा प्रवेश पायो ।
विलियनको पासमा अल्भारो मोराटाले पहिलो गोल गर्दै चेल्सीलाई ४२ औं मिनेटमा अग्रता दिलाए । पहिलो हाफसम्म लिएको अग्रता दोस्रो हाफमा खेल सकिनु अघि बराबरीमा पुग्यो । जेमी भार्डीको गोलबाट बराबरीमा ल्याएको लेस्टर सिटीले चेल्सीमाथि दबाव सृजना गर्यो । खेल थप ३० मिनेटको अतिरिक्त समयमा धकेलियो ।
जसमा एक सय पाचौँ मिनेटमा पेड्रोले निर्णायक गोल गर्दै चेल्सीको जित सुनिश्चित बनाउँदै अन्तिम आठको यात्रा तय गर्यो । उनले एन गोलोको पासलाई सदुपयोग गरेका थिए । अर्को खेलमा साउथह्याम्टनले विगान एथ्लेटिकलाई २—०गोलले पराजित गर्दै अन्तिमआठको यात्रा सुनिश्चित बनाएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…