एफएकपको सेमिफाईनलमा युनाईटेड टोटनह्यामसँग, चेल्सीले साउथह्यामटनसँग खेल्न(हेर्नुहोस तथ्यांकसहित)

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ५ गते २०७४ मा प्रकाशित


धन बस्नेत,(खेलाडी न्युज)—इग्ंिलस एफए कपको क्र्वाटरफाईनल समीकरण पुरा भएको छ । म्यानचेष्टर युनाईटेड, टोटनह्याम हट्सपर, साउथह्यामटन र चेल्सीले अब फाईनल प्रवेशको लागि एकापसमा भिड्दै छन् ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार सेमिफाईनलमा युनाईटेडले टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने छ भने चेल्सीले साउथह्यामटनसँग भिड्ने छ । युनाईटेडले टोटनह्यामसँग एफए कपमा सन १८९९ जनवरी २८ मा पहिलो पटक भेट भएको थियो । जुन भेटमा दुवैले १—१ गोलको बराबरी खेल्दै खेल टुग्याएका थिए ।

युनाईटेडसँगको लिग डिभिजनदेखि माथिल्लो स्तरको फुटबल प्रतिस्पर्धाको भेटमा टोटनह्याममाथि ८९ पटक जितेको छ । ५१ पटक हार र ४८ खेल बराबरी गरेको तथ्यांक छ । युनाईटेड टोटनह्यामसँग एफए कप अन्तर्गत १९२३ मा ४—० गोलअन्तरले पराजित भएको थियो । १९२६ जनवरी ३० मा एफए कपमै २—२ को बराबरी र ३ फेब्रअरीमा भने २—० ले युनाईटेडले जितेको तथ्यांक छ । १९६२ ३१ मार्चमा युनाईटेड हट्सपरसँग एफए कपमै ३—१ गोलले पराजित हुन पुगेको थियो ।

१९६८ मा पनि दुबै टोलीले एक जित र एक हार व्यहोरेका छन् । १९७९ मा पनि युनाईटेडले पहिलो खेल १—१ को बराबरी र दोस्रो खेलमा २—०ले जितेको इतिहास छ । १९८० को जनवरी ५ मा एफएकपमै युनाईटेडले पहिलो खेल बराबरी खेल्दा दोस्रो खेल पराजित भएको थियो । १९९७ मा युनाईटेडले हट्सपरमाथि २—० गोलले पराजित गरेको तथ्यांक छ । सन २००८, सन २००९ मा पनि भएको भेटमा युनाईटेडले जित दर्ता गरेको थियो । तर अहिले निकै खराब लयमा रहेको युनाईटेड सन २०१८ को जनवरीमा टोटनह्यामसँग २—०ले पराजित भएको थियो ।

उता चेल्सीले साउथह्यामटनसँग फुटबल इतिहासमा १०० सय खेलमा आमनेसामने भएको तथ्यांक छ । त्यसमा साउथ ह्यामटनले चेल्सीलाई ३० पटक पराजित गरेको छ । २८ खेल बराबरीमा टुंगिएको छ भने ४२ खेलमा चेल्सीसँग पराजित भएको तथ्यांक छ । एफए कप अन्तर्गत चेल्सीसँगको भेट सन १९२३ मा पहिलो पटक भएको थियो । जुन खेल चेल्सीसँग गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो लेगमा सायथ ह्यामटनले चेल्सीलाई १—० गोलले पराजित गरेको थियो । १९२४ मा पनि साउथ ह्यामटनले पहिलो लेग बराबरी र दोस्रो लेगमा २—०ले जितेको तथ्यांक छ ।

यी दुईको एफएकपमा भेट भने सन १९७७ मा आएर फेरी हुन पुग्यो । त्यसमा पनि पहिलो लेग १—१ को बराबरी र दोस्रो लेग ३—०ले जित्दै साउथ ह्यामटन चेल्सीमाथि हावी भएको इतिहास छ । १९८१ मा भएको भेटमा पनि चेल्सीमाथि जित दर्ता गरेको थियो । सन २०१३ मा आएको अर्को भेटमा साउथ ह्यामटन चेल्सीसँग ५—१ को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।