
पोखरा(खेलाडी न्युज)—नेपालले अन्तराष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको अवसरमा सोमबार पोखरा कास्की जिल्ला क्रिकेट संघसँग खेलकुद पत्रकार मन्च कास्कीले मैत्रीपूर्ण सेलेब्रटिङ टी—२० खेल्यो । टी—२० मैत्रीपूर्ण खेलमा मन्च संघसँग ११ रनले पराजित हुन पुग्यो ।
टेनिस बल क्रिकेट प्रतियोगितामा संघले ५ विकेटको क्षतिमा १२३ रन बनायो । जवाफी व्याटिङ थालेको मन्च भने ११२ रनमै समेटियो । टस जितेर हारेर व्याटिङमा उत्रिएको संघका ओपनर सूर्य थपलिया डक आउट भए । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख थपिलया पत्रकार लोकेन्द्र ढकालको बलमा सुजन पौडेलको हातबाट क्याच भएका थिए ।
सिर्दाथ श्रेष्ठले ३८ बलमा ४१ रन जोडे पछिपछि संघले सम्मानजनकस्कोर तर्फ अग्रसर भयो । सञ्जय नेपालले २६ दिपेन्द्र चन्दले २३ रन जोडे । खेल पत्रकारको तर्फ बाट बलर लोकेन्द्र ढकालले २, सुजन पौडेलले २ निरज पन्तले एक विकेट लिएका थिए ।
मन्चका लागि सुशान्त गाहा मगरले १८ बलमा ३३ रन जोड्दै आक्रामक व्याटिङ गर्दै सुखद बनाउने प्रयास गरे । तर उनीपछिका व्याट्सम्यानलाई संघले सस्तैमा पवेलियको बाटो देखाईदियो । बिनोद लामिछानेले ३७, सुदिप गुरुङले १४ रन बाहेक अन्यले खासै राम्रो पर्दशन गर्न सकेनन । संघका बिनित श्रेष्ठले गर्दै ४ विकेट सञ्जयकान्त सिग्देल ३ र सञ्जय नेपालले २ विकेट लिए ।
नेपालले एक दिवशिय क्रिकेट खेलमा मान्यता पाए संगै खुसियाली मनाउन पोखरामा क्रिकेट खेल खेलिएको थियो । नेपाल पर्यटन बोर्डको व्यवस्थापन र कास्की जिल्ला क्रिकेट संघको आयोजनामा खेलिएको मैत्रीपूर्ण क्रिकेटको पोखरा लेखनाथ महानगर पलिकाका मेयर मानबहादुर जिसीले उदघाटन गरेका थिए । क्रिकेटमा नेपालले पाएको ऐतिहासिक सफलताले हामी सबैलाइ गौरवान्वित बनाएको बताउँदै उनले यस प्रकारका मैत्रीपूर्ण प्रतियोगिताले समाजमा नयाँ सन्देश जाने र खेल संस्कृती बिकास गर्न सहयोग पुग्ने बताए ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यलयका प्रमुख सूर्य थपलियाले खेल पर्यटनका माध्यम बाट पनि पोखरा शहरलाई विश्वमा परिचित गराउन तथा यस क्षेत्रलाई खेल पर्यटनको प्रमुख गन्तव्यको रुपमा बिकास गर्न सहयोग पुग्ने बताउँदै बोर्डले खेलकुद पर्यटनको बिकासका लागि विशेष कार्यक्रमका साथ अघि वढ्ने बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…