लिभरपुलका सलाह युरोपियन गोल्डेन बुटको दौडमा अगाडि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ५ गते २०७४ मा प्रकाशित


एजेन्सी—लिभरपुलका मोहम्मद सलाह युरोपियन गोल्डन बुटको हकदारमा शीर्षस्थानमा छन् । बार्सिलोनाका लिओनेल मेस्सीसँगै उनीपनि युरोपियन गोल्डेन बुटको लागि आफुलाई उभ्याएका छन् । यद्यपी मेस्सी तीन गोलले सलाहभन्दा पछि छन् । उनी इग्ंिलस क्लब लिभरपुलका एक्ला खेलाडी हुने छन् । त्यतिमात्रै पछिल्लो ११ सिजनको इग्लिस प्रिमियर लिगको दोस्रो खेलाडी बन्ने छन् ।

सलाहले लिगमा २८ गोल गरिसकेका छन् । हिजोराती वाटफोर्ड विरुद्धको खेलमा सलाहले चार गोल गरेका थिए । उनी लिगको उत्कृष्ठ स्ट्राईकरको लयमा छन् । मेस्सीसँगै बुटको लागि प्रतिस्पर्धाको लाईनमा छन् । युरोपियन गोल्डेन बुटको लागि पेरिस सेन्ट जर्मेनका इडिन्सन काभानी, लाजियोका सिआईरो ईम्माबाईल, टोटनह्याम हट्सपरका स्ट्राईकर ह्यारी केन पनि पछिपछि छन् । यदि सलाहले गोल्डेन बुट जितेभने उनी दोस्रो खेलाडी बन्ने छन् । यसअघि लिभरपुलबाटै खेलेको लुईस स्वरेजले गोल्डेट बुट जितेका थिए ।

सलाह २८ गोलसँगै ५६ अंकसहित शीर्षस्थानमा छन् । मेस्सी २५ गोलसँगै ५० अंक छ । पिसएजीका काभानी २४ गोलसँगै ४८ अंक छ । चौथो स्थानमा लाजियोका ईम्मबाईल, टोटनह्यामका ह्यारी केन समान २४ गोलसँगै ४८ अंक छ । छैटौंस्थानमा बेनिफिकाका जोनस छन् । उनी ४६.५ अंक छ । बार्यन म्युनिखका रोबर्ट लेवेन्डोन्स्की, इन्टर मिलानका माउरो आईकार्डी, रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, म्यानचेष्टर युनाईटेडका सर्जियो अगुईरो र बार्सिलोनाका लुईस स्वारेज दशौं स्थानमा छन् ।