
बाग्लुङ(खेलाडी न्युज)—बाग्लुङमा शुरु भएको पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बाग्लुङ नगरपालिका ५ मालिकाले बलेवा क्रिकेट क्बललाई ८ विकेटले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ ।
बलेवाले टस जितेर व्याटिङ गर्दै मनिष बोहोराको ३० रनको महत्वपूर्ण योगदानमा ७८ रनको योगफल तयार पारेको थियो । सुर्य खड्काले १६ रनको इनिङ्स खेले । तर अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउनबाट चुके । मालिकाका लागि अशोक र अकिलेस खड्काले तीन तीन विकेट लिएपछि बलेवा सस्तैमा समेटिएको थियो । ७९ रनको लक्ष्य पछ्याएको मालिकाका सन्तोषले नटआउट ५० र अनुपले २४ रन नटआउट हिर्काएपछि दुई विकेटको क्षतिमा पुरा गर्यो ।
कुष्मालाई ५ विकेटले पराजित गर्दै नेपाल विद्यार्थी युनियन बाग्लुङ प्रतियोगिताको क्र्वाटरफाईनलमा प्रवेश गरेको छ । कुुष्माले दिएको ११३ रनको लक्ष्यलाई युनियनले ५ विकेटको क्षतिमा पुरा गर्ने क्रममा म्यान अफ दि म्याच सन्जय कुवँरले ८ बलमा चार चौका र तीन छक्का हान्दै २३ रनको बनाई पवेलियन फर्किए । रविन जोशीले २८ रनको नटआउट पारी खेल्दै जित पतर्m उन्मुख गराउँदा पुर्व राष्ट्रिय खेलाडी दिपेश खत्रीले १५ र दिपक कुँवर एवं आरिफ अहमदले १२—१२ रनको योगदान दिएका थिए ।
टस जितेर व्याटिङ गरेको कुष्माले अमृत एलसीको अर्धशतकीय पारीमा ११३ रन बनाएको यिो । विशाल पुनले १४ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानको व्याटबाट दोहोरो अंकको रन बन्न सकेन् । अतिरिक्त रन नै सात खेलाडीले बनाएको रन जोडेको भन्दा पनि बढी थियो । युनियनका सन्जय कुवँरले ३, गणेश केसीले ३ विकेट लिए ।
बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्टमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा चैत ११ गतेसम्म संचालित प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही ५–५ हजार रुपैयाँ पाउने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…