
एजेन्सी—अन्तिम ओभर खेल्नु अघि नै वेष्ट इन्डिजले जिम्बावेलाई पराजित गर्दै विश्वकप क्रिकेटमा आफनो उपस्थिति जनाउने सम्भावनालाई बलियो बनाएको छ । सुपर सिक्स अन्तर्गत आज जिम्बावेले दिएको २९० रनको लक्ष्य वेष्ट इण्डिजले छ विकेटको क्षतिमा ६ बल बाँकी रहँदा पुरा गर्यो । इण्डिजले सुपरसिक्समा चार खेल जित्दै ६ अंकसहित शीर्षस्थानमा छ । जिम्बावे पनि ५ अकं र स्कटल्याण्ड पनि ५ अंकसँगै दोस्रो र तेस्रो स्थानमा छन् । आयरल्याण्ड, अफगानिस्तान र युएई भने चौथो, पाँचौ र छैटौंमा छन् ।
बिआरएम टेलरको शतकीय पारीको इनिङ्समा जिम्बावेले सबै विकेटको क्षतिमा पुरैओभर खेल्न भ्यायो । २८९ रन बनाउने क्रममा टेलरले १२४ बेल खेल्दै १३८ रन हिर्काए । तर उनको शतक भने पराजयँसगै ओझेलमा पर्यो । विश्वकप क्रिकेट छनोट अन्तर्गत सुपरसिक्समा सर्वाधिक चौका हान्ने क्रममा उनले एकै खेलमा २० चौका हिकास्ए । दुई छक्का उनको नाममा लेखियो । एसएफ मिरेले पनि ४५ रनको योगदान दिदाँ एससी विलियम्सले ३४ रन र सिकन्दर राजाले २२ रन बनाई पवेलियन फर्किए । दश ओभर बलिङ गरेका जे.ओ होल्डरले ३५ रन दिदैं ३.५ को इकोनोमी रेटको अनुपातमा ४ विकेट लिए । केएजे रोअचले ३ विकेट लिए ।
म्यान अफ दि म्याच मार्लोन सामुल्सले ८६, एसडी होपले ७६ र ई. लुईसले ६४ रनको पारी खेलेपछि वेष्ट इण्डिजले जिम्बावेले दिएको लक्ष्यलाई छ बल बाँकी हुदाँ पुरा गर्दै विश्वकपको सम्भावना बलियो बनायो । वयटिङ हिटर क्रिस गेललाई १७ रनमै गुमाएको इण्डिजको इनिङ लुईस, होप र सामुल्सले सम्हालेका थिए । जे.ओ हेटम्यरले १३ र आर पोवेलले १५ रन नटआउट हिर्काउँदै जितसम्म डोहोर्याए । उनलाई अन्तिममा एआर नर्सले ८ रनमा साथ दिएका थिए । बी मुजाराबानी र एजी क्रेमरले २—२ विकेट लिए । सुपरसिक्स अन्तर्गत इण्डिज, जिम्बावे, स्कटल्याण्ड र आयरल्याण्डले एक—एक खेल खेल्न बाँकी छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…