
पोखरा(खेलाडी न्युज)— युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने बताएका छन् । उनले नेपालले क्रिकेटमा पाएको ऐतिहासिक उपलब्धी बीरताको विरासतलाई क्रिकेटले जोगाएको भन्दै अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने स्पष्ट पारे । ‘पोखरामा क्रिकेट मैदान बन्छ । ढुक्क हुनुहोस ।’ मन्त्री विश्वकर्माले आज मंगलबार खेलकुद पत्रकार मन्च कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने—‘क्रिकेटसँगै साग खेलकुद पनि समयमै गर्नुपर्छ । राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ ।’
पोखरा रंगशालाभित्रको क्रिकेट मैदानसहित आवश्यक पुर्वाधार निर्माणको लागि निजी क्षेत्र चौधरी ग्रुपले डिपिआरको लागि वर्षदिन अघि माटो परीक्षण समेत गरिसकेको छ । माटो परीक्षणपछिको प्रगति भने शून्य छ । प्राकृतिक सुन्दरताले विश्वकै नमूना क्रिकेट स्टेडियम बन्ने भएपनि खेलकुद मन्त्रालयले आवश्यक पुर्वाधार विकासमा लगानी गर्न भने सकेको छैन् । प्रदेशस्तरीय मन्त्रीले समेत पोखरामा क्रिकेट स्टेडियम बनाई न्युट्रल भेन्यु बनाई स्पोर्टस टुरिज्म प्रवद्र्धन गर्ने उदघोष गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पनि पोखरमा क्रिकेट स्टेडियम बनाई न्युट्रल भेन्यु बनाउने प्रतिबद्धता पोखरामै आएर गरेका थिए । तर प्रतिबद्धता अनुसार काम भने अगाडि बढ्न सकेको छैन् ।
मन्त्री विश्वकर्माले साग खेलुकद प्रतियोगिता राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दैसमयमै आयोजना गर्न आवश्यक पुर्वाधार निर्माण पुरा गरिने प्रतिबद्धता गरेका छन् । ‘साग खेलकुद आयोजनाको अभिभारा नेपालको हो ।
राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ । समयमै आयोजना गर्नुपर्छ । आवश्यक पुर्वाधार समयमै निर्माण पुरा गर्ने छौं ।’खेलकुद पत्रकार मन्च कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विकले भने—‘पोखरामा अन्तराष्ट्रियस्तरको स्टेडियम बनाउने संकल्न मन्त्रालयले गरिसकेको छ । निर्माण प्रक्रिया अघि बढेको छ ।’ उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पुर्वाधार समेत यसै चालु आर्थिक वर्षभित्र पुरा गर्ने दावी समेत गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…