
बाग्लुङ(खेलाडी न्युज)—धौलागिरी क्रिकेट क्लब बी टोलीलाई सात विकेटले पराजित गर्दै पोखराको राईजिङ क्रिकेट एकेडेमी आज बाग्लुङमा आयोजित पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको क्र्वाटरफाईनलमा प्रवेश गरेको छ । ३४ रनको झिनो लक्ष्य पाएको राईजिङले ५ ओभर २ बल खेल्दै पुरा गर्ने क्रममा तीन विकेट गुमायो । मनोज कोईरालाले १९ र अमृत गुरुङले ७ रन नटआउट खेल्दै जित दर्ता गर्दा बाँकी रन भने अतिरिक्त मार्फत उपहारको रुपमा आएको थियो ।
टस जितेर व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लब बी टोलीले ३३ रनमै समेटिने क्रममा आर्दश सापकोटाले १८ रनको योगदान गरे । पाँच व्याट्सम्यान शून्यमै आउट भए । राईजिङका अमृत गुरुङ चार विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । मुकिल यादवले ३ विकेट लिए ।
दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले धौलागिरी बहिरा उच्चमावि बाङ्गेचौरलाई २५८ रनले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । पहिले व्याटिङ गर्दै प्रतियोगिताकै सर्वाधिक ३१५ रन बनाउने क्रममा विधान श्रेष्ठले ९१ , अनिल गुरुङले ८२ रनको इनिङ्स खेल्दै ३१५ रनको योगफल तयार भयो । विधानले १६ चौका र ३ छक्का हाने । अनिलले ७ चौका र ६ छक्का हानेका थिए । सुमन घिमिरेले ४८ र सुदीप पौडेलले २४ रन हिर्काउँदै सात विकेटको क्षतिमा विशाल लक्ष्य प्रस्तुत गर्यो । बी चौधरीले पोखराको ३ विकेट लिएका थिए ।
३१६ रनको लक्ष्य पछ्याएको धौलागिरी बहिरा उच्चमावि ५४ रनमै अलआउट हुन पुग्यो । बहिरा उच्चमाविलाई सस्तैमा समेट्ने क्रममा पोखरा क्रिकेट क्लबका समीर सेनले ३ विकेट लिए । सेन नेपाली राष्ट्रिय क्रिकेट टोली उमेर समूह यु १६ का राष्ट्रिय खेलाडी समेत हुन् । जय शर्मा र विजय राउतले दुई दुई विकेट लिएका थिए । म्यान अफ दि म्याच भने पोखराका विधान श्रेष्ठ घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…