बाग्लुङ क्रिकेट क्लब निलो क्र्वाटरफाईनलमा, पोखराको राईजिङ बी बाहिरियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ७ गते २०७४ मा प्रकाशित


बाग्लुङ(खेलाडी न्युज)—पाँचौ धौलागिरी ट—२० क्रिकेट प्रतियोगिताको आज बाग्लुङ क्रिकेट क्लब एले ईष्लामिक एक्टिभ स्टेट पाल्पालाई २०९ ले पराजित गर्दै अन्तिम आठको ढोका खोल्यो । टस हारेर व्याटिङको निम्तो पाएको बाग्लुङले २० ओभरमा २८० रनको फराकिलो स्कोर तयार पार्यो । प्रतिक थापाले ४१ रनको महत्वपूर्ण योगदान दिदाँ प्रकाश पुनले ३८ रन बनाए । प्रविन ढकालले पनि ३५ रनको इनिङ्स खेल्दै महत्वपूर्ण योगदान दिदाँ तेजेन्द्रले पनि ३५ रन बनाई क्याचआउटको शिकार भए । सन्देश चौधरी र राजु थापाले क्रमश २४ र २२ रनको योगदान दिए । सिकन्दर यादवले तीन विकेट लिए ।

सन्देश चौधरी ले चार र सागर शर्माले तीन विकेट लिएपछि ईष्लामिकलाई ७१ रनमा समेटिदिए । अरविन्द महतोले दोहोरो रन हिर्काउने क्रममा १५ बलमा १९ रन बनाए । अन्य खेलाडीको दोहोरो अंकको रन बन्नै सकेन् ।

यसैगरी अर्को खेलमा बाग्लुङ क्रिकेट क्लब निलोले पोखराको राईजिङ क्रिकेट एकेडेमी बीलाई १९० रनले पराजित गर्दै अन्तिम आठ सुरक्षित गर्यो । प्रकाश सिंहले ७८ रनका पारी खेल्दै टस जितेर व्याटिङ गरेको बाग्लुङ निलोले २३७ रनको लक्ष्य पोखरा समक्ष प्रस्तुत गरेको थियो । पुरन सिहंहले अर्धशतक पुरा गर्न तीनरनले चुके । उनी ४७ रन बनाई खेलिरहदाँ किशोर छन्त्यालको बलमा एलबी डब्लुको शिकार भए । रमेश बस्नेतले ३६, विक्रम सबले ३१, गणेश थापाले १९ र किरण ठकुरीले १४ रनको योगदान दिएका थिए । किशोर छन्त्यालले ३ विकेट लिए ।
२३७ रनको लक्ष्य पछ्याएको पोखरा केवल ४६ रनमै अलआउट हुन पुग्यो । सतिश बरुवालले मात्रै १२ रन हिर्काए । जुन व्याट्बाट निस्किएको सर्वाधिक रन थियो । विक्रम सबले चा। विकेट लिए । ७८ रन हानेका प्रकाश सिंह म्यान अफ दि म्याच घोषित भए ।
आजै भएको तेस्रो खेलमा वालिङ नगरपालिकाको रक ११ ले बाग्लुङ नगरपालिका ७ को एम.एस.डि. सीलाई २८ रनले पराजित गरेको छ । १६ ओभरमा १२८ रन बनाई जितको लक्ष्य दिएको थियो । तर एमएस डिसी भने १०० सय रनमै अलआउट हुन पुग्यो । भोलिदेखि क्वार्टरफाईनलका खेलहरु सञ्चालन हुने छ ।